Bisal Chautari Logo

विन्दावासिनी म्युजिक अवार्ड २०७० मा नरेन्द्र र अन्जु सर्वोत्कृष्ठ

- २२ मंसिर २०७०, शनिबार १५:४४ मा प्रकाशित


विन्दावासिनी म्युजिक अवार्ड २०७० मा नरेन्द्र र अन्जु सर्वोत्कृष्ठ 
लाईफटाईम अवार्ड अमरलाई, कला पत्रकारीता पुरस्कार बिदुरलाई
काठमाडौं, २२ मंसिर । विन्दावासिनी म्युजिक अवार्ड २०७० मा सुगम संगीततर्फ गायक नरेन्द्र प्यासी र गायिका अञ्जु पन्त उत्कृष्ट ठहरीएका छन् ।गत शुक्रबार आर्मि अफिसर क्लवमा आयोजित चौथो संस्करणमा ३१ विधामा अवार्ड वितरण गरिएको थियो । गायक नरेन्द्रले ‘म त तिम्रो मान्छे’ र गायिका अञ्जुले ‘खै के होला र ?’बोलको गितबाट आफ्ना प्रतिस्पर्धामा जितेका हुन् । त्यस्तै सुगम संगीतकै उत्कृष्ट संगीतमा राजकुमार बगर(म त तिम्रो मान्छे) , सुगम संगीतकै उत्कृष्ट रचनामा रामचन्द्र क्षेत्री (तिम्रो साथमा हास्न) र छेत्रीकै रचनामा सर्वोत्कष्ट गीत विधामा पनि पहिलो भएको थियो । सुगम संगीतकै उत्कृष्ट एल्बममा योगेन्द्रमणी दाहाल (‘यात्रा २’) उत्कृष्ठ ठहरीएको थियो ।
त्यस्तै सार्वोत्कृष्ट पप गायक, गायिका र संगितको अवार्ड क्रमश: गायक नवीन के भट्टराई (फिका फिका), आस्था बी (मलाई पुगेन) र संगीतमा राजु सिंह (म पग्लिसके) उत्कृष्ट ठहरिएका थिए । निकै लामो समयपछि गायनमा फर्किएकि गायिका रेखा शाह र गायक कमल क्षेत्रीको युगल गायन अवार्डमा (नजिक छौ तिमी) गितबाट अवार्ड पाएका थिए । त्यस्तै सार्वोत्कृष्ट पाश्र्व गायनमा स्वरपराज आचार्य र रजिना रिमाल चलचित्र (रिदम) ‘पागल म बन्न सक्छु’ गितबाट अवार्ड चुमेका थिए । त्यस्तै अवार्डमा चलचित्र ‘मेरो जीवनसाथी’को (सरर वेग मारी) गीतले संगीतकार अर्जुन पोखरेललाई सर्वोत्कृष्ट चलचित्र संगितमा अवार्ड पाए भने राष्ट्रिय भावनाले ओतप्रोत गीतका लागि रञ्जना राईको (बिरताको चिनो)बोलको गित उत्कृष्ट भयो ।
त्यस्तै लोक दोहोरी समूहतर्फ सर्वोत्कृष्ट गायनमा कुलेन्द्र बिक र सर्वोत्कृष्ट गायिकामा देवी घर्ती ढकाललाई (हाँस्न सिकायौ) बोलको भाकाबाट विजयी बने भने सर्वोत्कृष्ट लोकदोहोरी गीतका लागि बिमल डाँगीले (एउटा कुरा भन्न त) बोलको गितबाट अवार्ड पाएका थिए । त्यस्तै नव प्रतिभा लोक तथा दोहोरी तर्फबाट (सुन्दर लाग्छ मलाई यो) बोलको गितबाट अगार्ड पाएका मौसम गुरुङले पब्लिक च्वाइस अवार्डपनि आफ्नो पोल्टामा पारेका थिए । लोकदोहोरी भाकाका लागि वसन्त थापा (आज माया मसँग), रचना शिव सुवेदी (किन यस्तो हुन्छ) बोलको गितले अवार्ड थापेका थिए ।
त्यस्तै सर्वोत्कृट पप तथा आधुनिकतर्फ श्रेयासी चेमजोङ लिम्बुले (उडूँ कि पक्षीसँग सरर)बोलको गितबाट अवार्ड हात पारिन् । त्यस्तै सर्वोत्कृष्ट महिला गितकार सुगम संगितमा लिलु गुरुङले (यसै वर्ष घरको धुरी)बोलको गितले उत्कृष्टको अवार्ड दिलायो भने ध्वनि मुद्रणमा राजेश्वर तण्डुकार र संगीत संयोजनमा विजेश्वर तण्डुकार अब्बल रहे ।
कार्यक्रममा गायक रामकृष्ण ढकालले आफ्नी छोरी रानीका साथ ‘बाँचुन्जेलीलाई’बोलको गितबाट गाएर सुरुवात गरीएको अवार्ड कार्यक्रममा एसियन म्युजिकले उत्कृष्ट म्युजिक कम्पनीको अवार्ड पाएका थिए । भने म्युजिक भिडियो निर्देशक सुगम संगितमा सुरजसिंह ठकुरी (फेसबुक ले), र उमेश गुरुङले म्युजिक भिडियो लोक दोहोरीबाट उत्कृष्ठ बने । म्युजिक भिडियो सम्पादकमा भरत रेग्मी उत्कृष्ट रहे । म्युजिक भिडियो छायांकारमा राजेश घिमिरेले अवार्ड हासिल गरे । त्यस्तै लोक दोहोरी मोडलमा दुर्गेश थापा र शिल्पा पोखरेलले (हास्न सिकायौ) बाट अवार्ड हासिल गर्दा बादल प्रसाई नम्रता सापकोटाले पप र आधुनिकको (आधि चलेर हो) बोलको गितबाट अवार्ड पाएका थिए ।
लाईफटाईम अवार्ड अमरलाई, कला पत्रकारीता पुरस्कार बिदुरलाई
गायक भक्तराज आचार्य संगीत प्रतिष्ठानद्धारा प्रदान गरिने लाइफटाइम एचिभमेन्ट अवार्ड यस वर्ष संगीतज्ञ अमर गुरुङलाई प्रदान गरिएको थियो । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपतिसमेत रहेका गुरुङलाई ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाई जीवनभरको संगीत साधनाका लागि अभिनन्दन गरियो । सो अवार्ड प्रदान गर्दा दर्शक दिर्घामा बसेका सबैजना एकसाथ उठेर तालिले स्वागत गरेका थिए । सोहि अवसरमा गायकद्धय सत्य–स्वरपराज आचार्यले अमर गुरुङद्धारा संगीत भरेका गीत गाएर सम्मान व्यक्त गरेका थिए । त्यस्तै यसै वर्षदेखी सुरुवात गरिएको २५ हजार ५ सय २५ रुपैयाँको कला पत्रकारिता पुरस्कार चलचित्र पत्रकार संघका अध्यक्षसमेत रहेका पत्रकार विदुर गिरीलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया