Bisal Chautari Logo

कामना अवार्डको रेड कार्पेटमा दिपाश्रीलाई उचालेर सितारामले भने–‘म भएपछी दिपकको के काम’

- १६ मंसिर २०७१, मंगलवार ०८:३० मा प्रकाशित


Sitaram Kattel Dhurmus and deepa shree niraula kamana film awards 2014 red carpet
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौं, २०७१, मंसिर १६ मंगलबार । हिजो सोमबार सम्पन्न सिजी कामना फिल्मस् अवार्डमा जे देखियो त्यो निकै रोचक थियो । जस मध्ये निकै रोचक दृश्यभ ने हास्य अभिनेता सिताराम कट्टेल धुर्मुसले रेड कार्पेटमै हास्य अभिनेत्री दिपाश्री निर्रौलालाई च्याप्पै अठ्याएर उचालेपछीको दृश्य थियो । Sitaram Kattel Dhurmus and deepa shree niraula kamana film awards 2014 red carpet (1)
रेडकार्पेटमा हास्य अभिनेता धुर्मुस र हास्य अभिनेत्री दिपाश्री निर्रौला सगै उपस्थित भएका थिए । रेडकार्पेटमा हिड्ने क्रममा धुर्मुसले च्याप्प अठ्याएर उचालेका थिए । रेड कार्पेटमा सहभागी सम्पुर्ण कलाकारहरुको फोटो खिच्न ब्यास्त रहेका पत्रकारहरु यो दृश्य देखेपछी उक्त दृश्य कैद गर्न फोटो पत्रकारहरुबिच तछाडमछाड नै चलेको थियो ।
वडा नम्वर ६ का कलाकार सितारामले दिपाश्रीलाई उठाएपछी ठट्यौली शैलीमा भने, ‘म भएपछि दिपकको के काम । फूपुको तौल कम भएको रहेछ ।’ उता सितारामले उचाल्दा भने दिपाश्री लाजाले रातो पिरो भएकी थिइन् । सधै अवार्डहरुमा संगै हिड्ने जोडी दिपकराज गिरी चलचित्र ‘वडा नम्वर ६’को सुटिङमा व्यस्त भएपछि कलाकार कट्टेलसग जोडी बनाएर दिपा कामना अवार्डमा सहभागी भएकी थिइन् ।

फोटो फिचर यहा हेर्नुहोस् 

[gss ids=”6789,6787,6788″]

comment here

प्रतिक्रिया