Bisal Chautari Logo

माइली सबैभन्दा खराव ड्रेस पहिरीने सेलिब्रेटी घोषित, जेनिफर राम्रो ड्रेस पहिरीनेमा पहिलो

- २३ मंसिर २०७०, आईतवार १५:५९ मा प्रकाशित


हलिउड गायिका एवं अभिनेत्री माइली सायसर अमेरीकाको टाईम्स् पत्रिकाले सन् २०१३ को वेष्ट ड्रेस्ड सेलिब्रेटी’ अर्थात सबैभन्दा खराव ड्रेस भएकी सेलिब्रेटीको रुपमा घोषित गरेका छन् ।
यसै वर्ष आयोजना भएको एम टीभी वीएमए अवार्ड समारोहमा लगाएको पहिरणका लागि माइली साईरसलाई यो उपाधि दिएको हो । निकै छोटो कपडा लगाएका कारण उनको आलोचना विश्वभर नै भएको थियो ।
त्यस्तै टीभी स्टार किम कार्दाशिन यस लिस्टमा दोस्रो नम्बरमा रहिन । उनले आफु गर्भवती भएको समयमा सार्वजजिक कार्यक्रममा सहभागी हुने क्रममा लगाएको पहिरनका कारण उनी टप १० ‘वस्र्ट ड्रेस्ड सेलिब्रेटी’को सूचीमा परेकी हुन् ।
उता हलिउड गायिका केशा, टीभी स्टार जुलियान हग र जोशा मामेटलाईपनि यसै लिस्टमा समावेश गरिएको छ ।
पत्रिकाले हलिउड चलचित्र ‘द हंगर गेम्स’की अभिनेत्री जेनिफर लोरेन्सलाई २०१३ को ‘बेष्ट ड्रेस्ड सेलिबेट्री’मा चुनिएकी छिन् । राम्रो पहिरन भएको सेलिब्रिटीको ठाउमा उनि नम्वर एकमा परेकि छिन् । अभिनेत्री जेनिफरले ओस्कारमा लगाएको पहिरनका कारण उनले यो उपाधि पाएकी हुन् ।
 त्यस्तै डचेज अफ क्याम्ब्रिज केट मिडलटन, गायिका एवं हलिउड अभिनेत्री सेलेना गोमेज र गायिका रिहान्ना टप १० ‘बेस्ट ड्ेरस्डमा परेका छन् । केट मिलिलटन यस लिस्टमा दोस्रो नम्वरमा आएकि छिन् । उनले आफु गर्भअवस्थाको क्रममा पहिरीएको पहिरण राम्रो भएका कारण उनलाई यस सम्मान दिइएको हो । उता गायिका रिहान्नालाई भने ग्रामी अवार्ड समारोहको क्रममा पहिरीएको पहिरणलाई हेरेर छनौट गरिएको हो । (एजेन्सि)

प्रतिक्रिया