Bisal Chautari Logo

कामना अवार्डमा ‘महसुश’को ६ विधामा वर्चश्व, आर्यन र केकी उत्कृष्ट (फोटो फिचर सहित)

- १५ मंसिर २०७१, सोमबार २०:५८ मा प्रकाशित


kamana film awards 2014 aaryan sigdel and keki adhikari Mahasush Best Film 
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौं, २०७१, मंसिर १५ सोमबार । ३० औं वाषिर्क उत्सवको अवसरमा आयोजित सिजी कामना फिल्मस् अवार्डमा २६ विधामध्ये चलचित्र ‘महसुश’ले ६ विधा सहित वर्चश्व कायम गरेको छ । यस चलचित्रले उत्कृष्ट फिल्म, निर्देशक, कथा, अभिनेता, अभिनेत्री र सह अभिनेत्री सहित कुल ६ विधामा अवार्ड हात पारेको थियो । चलचित्र महशुशले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक तथा पटकथा नवल नेपाल, उत्कृष्ट अभिनेतामा आर्यन सिग्देल, उत्कृष्ट अभिनेत्रीमा केकी अधिकारी र उत्कृष्ट सह–अभिनेत्रीमा वेनिशा हमालले अवार्ड पाएकी छिन् । kamana film awards 2014 aaryan sigdel and keki adhikari Mahasush Best Film
त्यस्तै चलचित्र नाई नभन्नू ल २ ले पाच विधामा अवार्ड पाएको छ । जसमध्ये उत्कृष्ट गीतकारमा डाक्टर कृष्णहरी बराल, उत्कृष्ट संगीतकारमा गैरे सुरेश, उत्कृष्ट बाल–कलाकारमा अनुभव रेग्मी, उत्कृष्ट पाश्र्व–गायकमा प्रेम परियार र उत्कृष्ट पाश्र्व–गायिकामा रजिना रिमालले नाई नभन्नु ल २ बाट अवार्ड हात पारेका थिए ।Prabin Shrestha best debut director ‘Mokshya’
उता उस्तै प्रतिस्पर्धामा रहेको चलचित्र होस्टेलले चार विधामा अवार्ड पायो । चलचित्र होस्टेलले क्रमश: उत्कृष्ट छायांकार हरी हुमागाइ, उत्कृष्ट सम्पादक, सुरेन्द्र पौडेल, उत्कृष्ट नव–नायिका प्रकृती श्रेष्ठ, उत्कृष्ट सह–अभिनेता गौरव पहारीले अवार्ड हात पारेका थिए । भने अर्को चलचित्र मोक्षले तीन विधामा अवार्ड आफ्नो पोल्टामा पार्‍यो । जसमध्ये चलचित्र मोक्षले उत्कृष्ट नव–निर्देशक प्रविण श्रेष्ठ, उत्कृष्ट कथा प्रविण श्रेष्ठ, उत्कृष्ट नव–नायक कोशिश क्षेत्री, उत्कृष्ट संवाद राजन कठायत र प्रज्ञान थापाले अगार्ड हात पारेका थिए ।
पहिलो संस्करणको सिजी कामना फिल्मस् अवार्डमा हरिप्रसाद रिमाल कितिर्मानमय दिर्घ सम्मान र प्राविधिकतर्फ बैकुण्ठमान मास्केलाई रु.एक एक लाख नगद सहित सम्मान गरियो । त्यस्तै क्रिटिक्स अवार्डको तीन विधा अन्र्तगत संगीतकारतर्फ हरी लम्साल, मुक्ता श्रेष्ठ फेसन डिजाइनर र नाटककार प्रविन खतिवडा सम्मानित भए । उता ‘अन्तराल’ चलचित्रबाट दिपा बस्नेतले क्रिटिक्स अवार्ड आफ्नो पोल्टामा पार्न सफल रहिन् । kamana film awards 2014 shree krishna shrestha
सुन्धारास्थित आर्मी अफिसर्स क्लबममा सम्पन्न अवार्डको सुरुवातमा भुवन केसी, गौरी मल्ल, शिव श्रेष्ठ, करिश्मा मानन्धर, रमेश उप्रेती, झरना थापा, नम्रता सापकोटा, अनुभव रेग्मी र सुज्ञानी भट्टराईले चचिर्त गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको विच तिर चर्चित डान्सर पार्वती राईले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।

कुल २६ विधामा प्रदान गरिएको अवार्डका विजेताहरु यसप्रकार छन् :–

१.उत्कृष्ट शृङगार : निमा लामा (धन्दा)
२. उत्कृष्ट साउण्ड डिजाइनर : उत्तम न्यौपाने (मौन)
३. उत्कृष्ट छायांकार : हरी हुमागाइ (होस्टेल)
४.उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (होस्टेल)
५.उत्कृष्ट दन्द्ध : सूर्य थोकर (लभ फरेभर)
६. उत्कृष्ट ब्याकग्राउन्ड स्कोर : रोहित शाक्य (मौन)
७. उत्कृष्ट नृत्य : कविराज गहतराज(काली)
८. उत्कृष्ट कथा : प्रविण श्रेष्ठ (मोक्ष)
९. उत्कृष्ट पटकथा : नवल नेपाल (महशुश)
१०. उत्कृष्ट संवाद : राजन कठायत र प्रज्ञान थापा(मोक्ष)
११. उत्कृष्ट नव–नायिका : प्रकृती श्रेष्ठ(होस्टेल)
१२. उत्कृष्ट नव–नायक : कोशिश क्षेत्री(मोक्ष)
१३. उत्कृष्ट पाश्र्व–गायक : प्रेम परियार(नाइ नभन्नु ल २)
१४. उत्कृष्ट पाश्र्व–गायिका : रजिना रिमाल(नाई नभन्नु ल २)
१५. उत्कृष्ट हास्य कलाकार : विल्सन विक्रम राई(प्रोड्यूसर)
१६. उत्कृष्ट खलपात्र : मनोज आर.सी(मधुमास)
१७. उत्कृष्ट बाल–कलाकार : अनुभव रेग्मी(नाई नभन्नु ल २)
१८. उत्कृष्ट नव–निर्देशक : प्रविण श्रेष्ठ(मोक्ष)
१९. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल(नाई नभन्नु ल २)
२०. उत्कृष्ट संगीतकार : गैरे सुरेश(नाई नभन्नु ल २)
२१.उत्कृष्ट सह–अभिनेत्री : वेनिशा हमाल(महशुश)
२२. उत्कृष्ट सह–अभिनेता : गौरव पहारी (होस्टेल)
२३. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुश)
२४. उत्कृष्ट अभिनेता : आर्यन सिग्देल(महशुश)
२५. उत्कृष्ट निर्देशक : नवल नेपाल(महशुश)
२६.उत्कृष्ट चलचित्र(महशुश)

[gss ids=”6766,6768,6767,6772,6771,6770,6769,6765,6764,6763,6761,6778,6777,6776,6775,6774″]

COMMENT HERE

प्रतिक्रिया