Bisal Chautari Logo

क्रिसमशमा ‘फेशन फर ईभ’ले धमाका मच्चाउने

- २४ मंसिर २०७०, सोमबार १३:५४ मा प्रकाशित


विशाल चौतारी  समाचार
काठमाडौ, २४ मंसिर । युवा पुस्ताका युवतिहरुलाई मध्यनजर गरेर क्रिसमशको अवसरमा ‘फेशन फर ईभ’को आयोजना हुने भएको छ । फ्यूजन ईन्टरटेन्मेन्ट प्रालीको आयोजनामा कार्यक्रमको आयोजना हुन लागेको हो ।काठमाण्डौको लाजिम्पाट स्थित होटल र्‍याडिसनमा ‘फेशन फर ईभ’ कार्यक्रम २४ डिसेम्बरमा आयोजना हुने आयोजकले जनाएको छ । बेलुकी ६ बजेबाट सुरु हुने कार्यक्रममा विभिन्न क्षेत्रका ६ सय भन्दा बढि अतिथीहरुको उपस्थिती हुने आयोजकले बताएको छ । यस फेशन शोमा विभिन्न डिजाइनरहरुले तयार पारेका डिजाइनमा मोडलहरुले र्‍याम्प पर्फमेन्स गर्नेछन् । नयाँ डिजाइनरहरुले आफ्नो कला प्रदर्शनको अवसर पाउँनेपनि विश्वास आयोजकले लिएको छ । ‘फेशन फर ईभ’ कार्यक्रममा नेपालकै चचिर्त मोडलहरु विभिन्न पहिरनमा र्‍याम्पमा उत्रने छन् । साथमा साल्सा डान्स, डीजेहरुको आकर्षक प्रस्तुती, बी बोइङ, रोबट डान्स पनि रहने बताइएको छ । यसैबिच आयोजकले सोमबार र्‍याम्पमा उत्रने नयाँ मोडलहरुको अडिशन पनि सम्पन्न गरेको छ । अडिशनका लागि विभिन्न नयाँ अनुहारहरुले आफ्नो प्रस्तुती दिएका थिए । अडिशनबाट छानिएकाहरुले क्रिसमसको अवसर पारेर आयोजना हुने फेशन ईभको र्‍याम्पमा उत्रने मौका पाउने बताईएको छ ।

प्रतिक्रिया