Bisal Chautari Logo

सुमिनाको घर दिक्पाललाई मात्र थाहा छ भन्दा गरिमा किन हासिन् ?

- १४ मंसिर २०७१, आईतवार १४:२३ मा प्रकाशित


Garima Panta, Sumina Ghimire and Dikpal Karki Movie Rang Baijani
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौं, २०७१, मंसिर १४ आइतबार । अभिनेत्री सुमिना घिमिरेको घर कस्लाई थाहा छ ? त्यो नव अभिनेता दिक्पाल कार्कीलाई सोधे अवश्य थाहा पाउन सक्नुहुनेछ ।

Garima Panta, Sumina Ghimire and Dikpal Karki Movie Rang Baijani (1)
प्रसंग हो चलचित्र ‘रंग बैजनी’को आज भएको एक प्रेसमिटको । चलचित्र रिलिज हुने दिन नजिकिदै गर्दा प्रेसमिटमा सहभागी नभएकी अभिनेत्री सुमिना घिमिरेलाई पत्रकारहरुले किन नआएको भन्ने प्रश्च गर्दा सो कुरापनि निश्किएको हो ।Garima Panta, Sumina Ghimire and Dikpal Karki Movie Rang Baijani (2)
यही विषयमा बोल्दै सफल निर्देशकका रुपमा धेरै समय अगाडी ट्याग पाइसकेका चर्चित निर्देशक शम्भू प्रधानले भने ‘ईमान्दार भएर भन्नु पर्दा सुमिनाले टेलिभिजनमा गरिएको गीत प्रिमियर देखि केही साना ईभेन्टमा सहयोग पुर्याउनु भएको थियो । तर पछि सम्पर्क बिहिन हुनु भयो । अनि उहाको आमालाई भेटेर म्यासेज छाड्दा पनि सम्पर्कमा आउन सक्नु भएको छैन । आजको प्रेसमिटमा सहभागी गराउने उद्देश्यले मैले केही दिन अगाडी दिक्पाललाई उसको घरमै गएर म्यासेज छाड्नु भनेको थिए । फेरी उनको घर हामी कसैलाई थाहा छैन । मात्र दिक्पाललाई मात्र थाहा छ’, निर्देशक प्रधानले यही कुरा बताउदा उपस्थित पत्रकारदेखी सम्पुर्ण कलाकारहरु सहित अभिनेत्री गरिमा पन्तपनि खित्का छाडेरै हासेकी थिइन् ।

प्रतिक्रिया