Garima Panta and Dikpal Karki Movie Rang Baijani
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौं, २०७१, मंसिर १४ आइतबार । आफुले लेखेको चलचित्र ‘रंग बैजनी’को प्रचारका लागि केही दिन अगाडी अमेरिकाबाट आएकी नुतन प्रधानले आफूले सधै महिलाको कथामा चलचित्र लेखेको बताइन् । अनामनगर स्थित नुतन स्टुडियोमा गरिएको चलचित्र ‘रंग बैजनी’को एक पत्रकार सम्मेलनमा अभिनेत्री समेत रहेकी नुतनले सो कुरा बताएकी हुन् । चलचित्र रंग बैजनीपनि दुई महिलाहरुकै कथामा बनेको सिनेमा रहेको जानकारी नुतनले दिइन् । पत्रकार सम्मेनलनमा बोल्दै नुतनले आफु जहा रहेपनि नेपाली चलचित्र क्षेत्रलाई माया नमार्ने बताउदै फेरि आफू अमेरिका फर्केर कथा लेख्ने अनि नेपालमा आएर चलचित्र बनाउने बाचा समेत गरिन् ।
त्यस्तै १२ वर्षपछी चलचित्र निर्देशनमा फर्किएका निर्देशक शम्भु प्रधानले बाबुको माया र आमाको मुस्कान कहिले परिवर्तन नहुने बताए । निर्देशक शम्भुले भने–म पुरानो मान्छे, चलचित्र कसरी नया बनाउन सक्छु । फेरि जहिले बनाएपनि बाबुको माया र आमाले दिने मुस्कान सधै एउटै हुन्छ’, शम्भुले बताए ।
यही मंसिर १९ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रंग बैजनी’का निर्देशकले मनको कुरा साट्दै व्यापारका लागि भन्दा पनि आफूलाई दर्शकले दिएको मायाका कारण चलचित्र बनाएको बताए । त्यस्तै शम्भुका छोरा सशांक प्रधान यही चलचित्रबाट छायांकार बनेका छन् । उनले प्रेसमिटमा बोल्दै घरकै चलचित्र भएपनि खासै सजिलोपनि नभएको र खासै गाह्रोपनि नभएको बताए ।
करिब ३७ लाखको लगानीमा बनेको चलचित्रमा अभिनेत्री गरिमा पन्तले चलचित्रबाट धेरै कुरा सिकेको बताइन् । श्रीमती र प्रेमिकाको बिचमा रहेर एक पुरुष पात्रले निर्वाहा गर्ने चरित्रलाई यो चलचित्रले देखाउन खोजेको छ । यो चलचित्रबाट निकै लामो समयदेखी मोड्लिङ क्षेत्रमा सकृय रहेका मोडल दिकपाल कार्की नव–अभिनेताको रुपमा भित्रदैछन् । उनले चलचित्र ‘रंग बैजनी’ले आफूलाई चलचित्र खेल्ने या मोडलिङमा नै निरन्तरता दिने भन्ने कुरा निर्धारण गर्ने बताए । चलचित्रकी अर्की अभिनेत्री सुमिना घिमिरे भने उपस्थित थिइनन् ।
Garima Panta and Dikpal Karki Movie Rang Baijani
shambhu pradhan and Nutan Pradhan Movie Rang Baijani
Sumina Ghimire
Singer : Deep Pradhan/Shital Moktan
Musician : Deep Pradhan
Lyrics : Nutan Pradhan
Rights for this video for YouTube Platform is with Music Nepal; provided by Nutan Teli Films.
[gss ids=”6739,6738,6740,6737,6735″]
प्रतिक्रिया