Bisal Chautari Logo

गीतकार संघमा पुन: दाहाल निर्वीरोध अध्यक्ष

- १४ मंसिर २०७१, आईतवार ०५:४६ मा प्रकाशित


‎Yogendra Mani Dahal Song writer Union again Chairman
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १४ आइतबार । गीतकार संघको नयाा अध्यक्ष पदमा पुन: योगेन्द्रमणी दाहालको नेतृत्व दोहोरिएको छ । गीतकार दाहाललाई संघका सदस्यहरुले अध्यक्ष पदमा निविर्रोध निर्वाचित गरेका हुन् । त्यस्तै पूर्व महासचिव विपिन किरण बढुवा हुदै उपाध्यक्षमा छन् । उपाध्यक्षमा गीतकार जानकी पन्थले पनि उम्मेदवारी दिएकी थिइन् । भोटिङका आधारमा उनलाई पछि पार्दै विपिन उपाध्यक्ष चुनिएका हुन् । ‎Yogendra Mani Dahal Song writer Union again Chairman (2)
‎Yogendra Mani Dahal Song writer Union again Chairman (1)काठमाडौंको पिके कलेजमा शनिवार सम्पन्न भएको गीतकार संघको वाषिर्क साधरण सभाबाट महासचिवमा डि. पाण्डेलाई पछि पार्दै शुभ मुकारुले चुनाव जितेका छन् भने सचिवमा राम भट्टराई दोहोरिएका छन् । कोषाध्यक्षमा गोबिन्द प्रसाद उपाध्याय चुनिएका छन् । त्यस्तै सदस्यहरुमा प्रतिमा विवश, शुसिला पौडेल, धनु रानी र वसन्त वित्यासी थापा लगायत चुनिएका छन् ।

गीतकार संघ नेपालको  निर्वाचनमा

श्री योगेन्द्र मणी दाहाल  अध्यक्ष 
श्री बिपिन किरण  – उपाध्यक्ष्य,
श्री शुभ मुकारुङ  – महासचिब ,
श्री राम भट्टराई – सचिब ,
श्री गोबिन्द प्रसाद उपाध्याय  -कोसाधक्ष्य
 सदस्यहरुमा
श्री प्रितम खड्का 
श्री धारा रानी 
श्री बसन्त बित्यासी थापा 
श्री प्रतिमा बिबस राई
श्री सुशिला पौडेल , र
श्री भरत बोम्जोम तामांग

प्रतिक्रिया