Bisal Chautari Logo

एल्बम विमोचनको अवसरमा विजयले आमाघरलाई १ लाख प्रदान गरे

- १३ मंसिर २०७१, शनिबार १८:५४ मा प्रकाशित


Bijay Bmoon Lama albam nasha chadyo mayako 
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १३ शनिबार । पछिल्लो समयमा नेपाली सेलिव्रेटिहरु सामाजिक काममा निकै अग्रसर रहेको पाइन्छ । चलचित्रको प्रोमोशनको क्रममा सामाजिक काम गर्ने परम्परा अहिले आएर एल्बम विमोचनमा समेत हुन थालेको छ । Bijay Bmoon Lama albam nasha chadyo mayako  (3)
यस्तै क्रममा आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नव गायक विजय बिमुनले आफ्नो एल्बम ‘नशा चढ्यो मायाको’ बिमोचन गर्दै रकम प्रदान गरेका हुन् । बरिष्ठ गीतकार डा भोला रिजाल, डा कृष्ण हरि बराल, गायन क्षेत्रका युगल जोडी शिला बहादुर मोक्तान र कुन्ती मोक्तानसंगै गायक बिमुनले एल्बमको बिमोचन संयुक्त रुपमा बिमोचन गरे ।
कार्यक्रममा एल्बम बिमोचनसंगै गायक विजयले दिलशोभा श्रेष्ठले संचालन गरिरहेको आमघर लाई नगद रु १ लाख ११ हजार १ सय ११ रुपया हस्तान्तरण गरे । गायक विजयले दिएको नगद सहयोग लिदै दिलशोभाले आफ्नो लागि यो सहयोग अत्यन्तै ठुलो रहेको बताए । यो सोच्दै न सोचेको सहयोग हामीले पायौ , यो हाम्रो लागि, हाम्रो आमा घरका सबै आमाहरुका लागी निकै ठुलो सहयोग हो’, दिलशोभाले हर्षित हुदै आफ्ना भावनाहरु ब्याक्त गरिन् । Bijay Bmoon Lama albam nasha chadyo mayako  (1)बृद्ध वृद्धालाई आसय दिईरहेकी दिलशोभाले बुवा आमाको मरेपछि श्राद्ध गर्नुको सट्टा बाचुन्जेल श्रद्धा गर्न आग्रह गरिन । साथै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा रिजालले गायक विजय बिमुनको सांगीतिक जीवनको उज्वल भबिष्यको कामना गरे । यता कार्यक्रमका अर्का अतिथि डा बरालले पनि गीतको म्युजिक भिडियो हेरे पश्चात विजयको सांगीतिक यात्रा सफल हुने संकेत देखेको बताए । भने–यस क्षेत्रको उत्थान र विकासको लागि विजय जस्ता नयाा युवालाई प्रोत्साहन गर्नुपर्छ ।’ यसै गरि कार्यक्रमका अर्का अतिथि शिला बहादुर मोक्तान र कुन्ती मोक्तानले पनि विजयलाई सांगीतिक जीवनको सफलताको शुभकामना दिए ।
कार्यक्रमको अन्त्यमा बोल्दै गायक विजयले आफुलाई यहाा सम्म पुर्‍याउनमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । परिस्थितिले मलाइ प्रवासमा पुर्याएता पनि म संगीतबात टाढा हुन् चाहन्न त्यहि भएर आज एल्बम लियर तपाईको माझमा छु’ नव गायक विजय बिमुनले बताए । यस्तै कार्यक्रम चलिरहेकै समयमा एक बालिकाको उपचारार्थ घरआगट सामाजिक संस्थालाई ५ हजर रकम हस्तान्तरण गरे ।
गायक विजयको ‘नशा चढ्यो मायाको एल्बममा ६ गीत समावेश छन् । एल्बममा नशा चढ्यो मायाको, आमा, धुलिखेल दाप्चा, भन्छ मनले, मेरो मायालाई, तिमि बाट बोलको गीत समावेश छन् । कार्यक्रममा एल्बम भित्र समावेश टाइटल गीत नशा चढ्यो मायाको को म्युजिक भिडियो समेत देखाइएको थियो । जसमा स्वाम गायक विजय र नम्रता सापकोटा मोडेलको रुपमा समावेश छन् ।

प्रतिक्रिया