Bisal Chautari Logo

स्टार एफ.एम. म्यूजिक अवार्ड हुने

- २५ मंसिर २०७०, मंगलवार १५:२१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, २५ मंसिर ।
पछिल्लो समयमा नेपाली सांगीतिक तथा चलचित्र क्षेत्रमा एल्बम र चलचित्र सरासर निस्किए झै, अवार्ड कार्यक्रमहरुपनि हुने क्रम बढेको छ । यि क्षेत्रमा व्यावसायिक सफल्ता जे जस्तो भएपनि संगीत र चलचित्रलाई मुख्य आधार मानेर अवार्ड कार्यक्रमहरु बढेको क्रममा पुन अर्को माघ २० गते अर्को एक म्यूजिक अवार्ड हुने भएको छ ।
१० बर्षदेखि संचालनमा आएको स्टार एफ.एम प्रालीले म्यूजिक अवार्डको आयोजना गर्न लागेको छ । काठमाण्डौमा आयोजना मंगलबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार अवार्ड कार्यक्रममा २४ वटा विधा समावेश गरिएको छ । साथमा एक जना श्रष्टालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिनेपनि बताईको थियो । माघ २० गते काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा एक समारोहको आयोजना गरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै स्टार एफ.एमका कार्यकारी अध्यक्ष प्रदिप कुमार उदयले करिब १५ लाखको खर्चमा अवार्ड गर्न लागिएको बताएका छन् । अवार्डमा राष्ट्रिय भावनाको गीत, नव प्रतिभा दोहोरी, नव प्रतिभा सुगम संगीत, उत्कृष्ट पप गायिका, उत्कृष्ट पप गायक, उत्कृष्ट पप संगीतकार, उत्कृष्ट समुह गायन, उत्कृष्ट चलचित्र गीतकार, उत्कृष्ट पाश्र्व गायिका, उत्कृष्ट पाश्र्व गायक, उत्कृष्ट पाश्र्व संगीतकार, उत्कृष्ट लोकदोहारी शब्द, उत्कृष्ट लोक दोहोरी गायिका, उत्कृष्ट लोक दोहोरी गायक, उत्कृष्ट लोक दोहोरी भाका, उत्कृष्ट लोकगीत, उत्कृष्ट युगल गायन, उत्कृष्ट ध्वनी मुद्रण, उत्कृष्ट संगीत संयोजन, उत्कृष्ट सुगम संगीत गीतकार, उत्कृष्ट सुगम संगीत संगीतकार, उत्कृष्ट सुगम संगीत गायिका, उत्कृष्ट सुगम संगीत गायक र उत्कृष्ट एल्मब विधा समावेश हुनेछन् ।
                           watch this video                      

प्रतिक्रिया