Bisal Chautari Logo

निशाको खुसिको लागी सुमनले आफुलाई जलाइदिने

- १३ जेष्ठ २०७१, मंगलवार ०५:१० मा प्रकाशित


ujan-nembang-new-albam-tasbir
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ, १३ मंगलबार । हरेक दिन मायाको परिभाषा आ–आफ्नै किसिमले हुने गरेको छ । तर अभिनेता सुमन सिँह भने एउटी मोडल निशा लामाको खुसिका लागी आफुलाई जलाइदिने भएका छन् । यति मात्र काहा हो र, सुमनले त त्यही निशाकै खुसिका लागी हरेक साझ बिहान नामै लिन छाडिदिने भएका छन् ।
तर अच्चम नमान्नुस्, किनभने यो प्रसंग हो नेपाली साङ्गीतिक क्षेत्रमा निकै लामो समयदेखी योगदान दिदै आएका गायक उजन नेम्वाङ र गायिका रजिना रिमालले गाएको एक गीतको । गायक उजनको पछिल्लो एल्बम ‘तस्बिर’को चार औ म्युजिक भिडियोको । चपली हाइटमा भएको म्युजिक भिडियो सुटिङमा अभिनेता सुमन र निशा निकै मस्तिमा रहेका थिए ।
यस म्युजिक भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् भने रामेश्वर कार्कीले खिचेका हुन् । यस गीतलाई रोशन लामाले लेखेका हुन् । गायक उजनको पहिलो एल्बम सन् २००७ मा ‘फ्रेण्डसिप’ रिलिज भएको थियो भने क्रमश: सन् २०१२ मा दास्रो एल्बम ‘अन्तराल’, तेस्रो एल्बम ‘तनाब’ र अहिले चौथो एल्बम २०१४ मा ‘तस्बिर’ भिडियोहरु सहित निकाल्ने तयारीमा रहेको विशाल चौतारीलाई बताए ।

ad

प्रतिक्रिया