Bisal Chautari Logo

श्रीमानले नम्रताको चाहना नबुझ्दा सन्तान अधुरै (फोटो फिचर सहित)

- १३ मंसिर २०७१, शनिबार १६:४८ मा प्रकाशित


namrata shrestha ‘yerma’ drama on theater
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १३ शनिबार । अच्चम लाग्न सक्छ, अविबाहित अभिनेत्री नम्रता श्रेष्ठको श्रीमानले चाहना नबुझ्दा सन्तान अधुरै सुन्दा । तर यो सुनेर केही अच्चम नमान्नु होला । प्रसंग हो अभिनेत्री नम्रता श्रेष्ठले मुख्य भुमिका निभाएको एक नाटकको । जहा अभिनेत्री नम्रता श्रेष्ठको सन्तान चाहना उनको लोग्नले नबुझ्दा आफू बाझो भएकोमा चिन्तित देखिन्छिन् । अभिनेत्री श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेको नाटक यर्मा हो । namrata shrestha ‘yerma’ drama on theater (12)
अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेको नाटक ‘यर्मा’ आज शनिबारबाट काठमाण्डौको थिएटर भिलेजमा मञ्चन गरिएको छ । नाटक ‘यर्मा’मा अभिनेत्री नम्रताले निसन्तान महिलाको भूमिकामा अभिनय गरेकी छिन् । अभिनेत्री नम्रताले नाटकमा मुख्य भूमिका निर्वाहा गर्दा रमाइलो अनुभुती भएको बताउदै भनिन्, ‘आज पहिलो दिन भएकालेपनि के कस्तो भयो त्यति थाहा भएन । तर अबका दिनहरुमा अझ राम्रो हुदै जानेछ’, अभिनेत्री नम्रताले बताइन् । अभिनेत्री नम्रतालाई नाटक हेर्न आएका अधिकांश दर्शकहरुले अभिनयको खुलेरै प्रशंसा गरेका थिए ।

namrata shrestha ‘yerma’ drama on theater (2)

करिव १ घण्टा ३० मिनेट लामो नाटक नम्रताकै वरिपरी घुमेको छ । यर्माको नेपाली अर्थ बच्चा नजन्माउने बााझी आइमाइ भन्ने हुन्छ । स्पेनको भेडा गोठालो परिवारको कथा पेश गर्ने नाटकलाई वर्तमान नेपाली परिवेशसाग अनुग्रहण गरिएको छ । नाटक हेर्दा स्पेनको शैली र परिवेश लाग्दैन । त्यहााको गृहयुद्ध र संस्कृतिलाई अहिलेको नेपाली समाजसाग संयोजन गर्ने प्रयास गरिएको छ ।namrata shrestha ‘yerma’ drama on theater (13)
सोमबार बाहेक (नोभेम्बर २९ देखि डिसेम्बर २१ सम्म) पौष ६ गतेसम्म चल्ने नाटकलाई कवितात्मक शैलीमा मंचन गरिएको थियो । बच्चा नचाहने पुरुषको चरित्रमा राजकुमार पुडासैनी छन्, भने गोठालोको भुमिकामा अभिनेता कमलमणी नेपाल रहेका छन् । यो नाटकमा अभिनेत्री नम्रता श्रेष्ठका साथमा राजकुमार पुडासैनी, कमलमणी नेपाल, सुम्निमा सम्पाङ, सृजना अधिकारी, विनु लामा, शमिर्ला शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।
विमल सुवेदीले निर्देशन गरेको नाटकलाई सृष्टी भट्टराईले अनुवाद गरेकी हुन् । वन वल्र्ड थिएटरको प्रस्तुतीमा थिएटर भिल्लाको सहकार्यमा नाटक मञ्चन गरिएको हो ।
स्पेनी नाटककार फ्रेडेरिको गार्सियो लोर्काले लेखेको ८० वर्षपछि बिमल सुवेदीले नेपालमा नाटक मंचन गरिएको हो ।

namrata shrestha ‘yerma’ drama on theater (4)

namrata shrestha ‘yerma’ drama on theater
namrata shrestha, now written 80 years ago ‘yerma’ drama on theater
Director : bimal subedi
Raj Kumar Pudasaini, kamalmani nepal, sumnima sampang and srijana adhikari

फोटो फिचर यहा हेर्नुहोस् 

[gss ids=”6708,6701,6715,6716,6714,6712,6711,6710,6709,6707,6706,6705,6704,6703,6702,6698,6697″]

प्रतिक्रिया