Bisal Chautari Logo

सभासद रामविर सम्मानित, ‘फिल्म सिटी‘ चोभार उत्तम (फाटो फिचर सहित)

- २७ मंसिर २०७०, बिहीबार १७:१९ मा प्रकाशित


काठमाडौ, २७ मंसिर । केहि हप्ता अगाडी भएको दोस्रो संविधानसभाको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर ७ बाट नेकपा एमालेको तर्फबाट बिजयी भएका अष्टनारायण हलका सञ्चालक तथा चलचित्रकर्मी रामविर मानन्धरलाई विहिवार काठमाडौमा नेपाल चलचित्र संघले एक कार्यक्रमको विच सम्मान गरिएको थियो । सोहि कार्यक्रममा बोल्ने क्रममा चलचित्रकर्मि मानध्नरले ‘फिल्म सिटी’ दोलखामा नभई काठमाण्डौको चोभारमा हुनुपर्ने धारणा राखेका छन् ।
चलचित्र संघले रामविरकै सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले सुबिधा सम्पन्न ठाउँमा फिल्म सिटी निर्माण गर्नुपर्ने बताउँदै, त्यसका लागि चोभार उपयुत्तक्त स्थान रहेको बताएका थिए । कार्यक्रमको विचमा बोल्ने क्रममा चलचित्रकर्मि मानन्धरले भने–‘हरेक चलचित्रको सुटिङ चोभारमा हुने हुनालेपनि ‘फिल्म सिटी’ यहि बनाईनु पर्छ । त्यसका लागि म आफ्नो तर्फबाट प्रत्यत्नरत रहनेछु’उनले बताए । मानन्धरले नेपाली चलचित्र क्षेत्र अहिले सम्म उद्योगको रुपमा स्थापित हुन नसकेको भन्दै विश्वका हरेक कुनामा नेपाली चलचित्रहरु पुग्नु पर्ने बताएका थिए । भने –‘नेपाली चलचित्रलाई संविधानमा सम्बोधन गर्न प्रयत्न गर्नेछु ।’ त्यस्तै सम्मान कार्यक्रममै बोल्दै नेपाल चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलले नेपाली चलचित्र क्षेत्रको उपस्थिती संबिधानमा रहनेमा आफू आशावादी रहेको बताए । अध्यक्ष पोखरेलले हल सञ्चालक मानन्धरलाई भने–‘चलचित्र क्षेत्रमा दबेका आवाजहरलाई उठाउनु हुनेछ भन्ने हाम्रो पुर्ण विश्वास रहेको छ ।’
सम्मान कार्यक्रममा चलचित्रसँग सम्बन्धित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले रामविर मानन्धरलाई विजयीको शुभकामना सहित कार्यकालको सफलताको लागी कामना गरेका थिए । कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी, प्राविधिक समाजका अध्यक्ष मनोज केसी, चलचित्र दन्द्ध संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ लगायतले मानन्धरलाई चलचित्र क्षेत्रको विकासका लागि संविधानमा नेपाली चलचित्रको सम्बोधन गरिदिन आग्रह गरेका थिए । तस्विर : राजिव श्रेष्ठ
कार्यक्रमका केहि तस्विरहरु
 
     watch this bisal chautari youtube video

प्रतिक्रिया