Bisal Chautari Logo

अमेरिकाबाट एक्कासी किन आइन् अभिनेत्री नुतन प्रधान ?

- १० मंसिर २०७१, बुधबार ०८:५४ मा प्रकाशित


Nutan Pradhan Rang Baijani
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज १० बुधबार । केही वर्षयता अमेरीकामा बस्दै आएकी चलचित्र स्क्रिप्ट राइटर तथा अभिनेत्री नुतन प्रधान एक्कासी काठमाडौ आइपुगेकी छन् । अभिनेत्री नुतन एक्कासी आउनको कारण भने आफ्नो पछिल्लो चलचित्र ‘रंग बैजनी’ प्रमोशनका लागि रहेको छ । चलचित्र ‘रंग बैजनी’ यही १९ बाट रिलिज हुदैछ ।Nutan Pradhan Rang Baijani
यस चलचित्रको कथा तथा पटकथासगै निर्मात्री रहेकी नुतनले ‘सुनचादी’ र सक्कली नक्कली’मा अभिनयसमेत गरेकी थिइन् । ती चलचित्र त्यो समयको सुपर हिट हुन् । पछिल्लो समय ‘सन्यास’पछि चलचित्र क्षेत्रबाट अभिनयका लागी सन्यास लिएजस्तै टाडा रहेकी नुतन निकै लामो समयपछी नेपाली चलचित्र क्षेत्रमा कमब्याक भएकी हुन् । यससंगे चलचित्रका निर्देशक शम्भु प्रधानपनि यही चलचित्र‘रंग बैजनी’ मार्फत चलचित्र नगरीमा कम्ब्याक भएका हुन् । तर, अब चलचित्र क्षेत्रमै निरन्तरता दिने निर्देशक तथा कलाकार शम्भु प्रधानले बताएका छन् । निर्देशक प्रधानले नुतन चलचित्र प्रमोसनकै लागि काठमाडौं आएको सुनाए । उनले भने, ‘चलचित्र रिलिज भएपछि फेरि अमेरिका नै फकिर्नुहुन्छ ।’ ‘रंग बैजनी’ बाट प्रधान दम्पतिमात्र कम्ब्याक भएका छैनन्, उनीहरुले आफ्नो छोरा सशांकलाई पनि चलचित्र क्षेत्रमा लिएर आएका छन् । चलचित्र ‘रंग बैजनी’ मा दिक्पाल कार्की, गरिमा पन्त र सुमिना घिमिरेको रंग बैजनी देख्न सकिनेछ ।

Nutan Pradhan Rang Baijani
‘Rang Baijani’ Garima Panta, Sumina Ghimire, Dikpal Karki
Singer : Deep Pradhan/Shital Moktan
Musician : Deep Pradhan
Lyrics : Nutan Pradhan
Rights for this video for YouTube Platform is with Music Nepal; provided by Nutan Teli Films.

 

 

प्रतिक्रिया