Bisal Chautari Logo

गजितले कतारमा डान्स प्रस्तुत गर्ने

- २८ मंसिर २०७०, शुक्रबार १२:३१ मा प्रकाशित


काठमाडौं, २७ मंसिर । अभिनेता गजित विष्टलाई दर्शकहरुले जति अभिनेताको रुपमा मान्छन्, त्यतिनै रुपमा एउटा राम्रो डान्सरको रुपमापनि । पछिल्लो पटक अभिनेता विष्टले फिल्मीखबर डिजिटल अवार्डमा केटी बनेर गरेको डान्स पर्फमेन्सलाई दर्शकहरुले मात्र होईन, चलचित्र क्षेत्रकै धेरै अभिनेता, अभिनेत्रीहरुले मनपराएका थिए ।
सोही कारण देशका विभिन्न ठाउँमा हुने सांस्कृतिक कार्यक्रमहरु देखि अहिले विदेशमा पनि गजितको माग बढिरहेको छ । आउँदो १७ तारिखमा उनी कतारमा आफ्नो डान्स प्रस्तुत गर्न त्यहा जादैछन् । यो गजितको चौथो कतार भ्रमणपनि हो । यसपटक उनको कार्यक्रममा वेष्ट इन्ड पार्कको एम्फि थिएटरमा हुँदैछ । जहाँ गजितसहित गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, गायिका रजीना रिमाल हास्य अभिनेता सिताराम कट्टेल (धुर्मस), हास्य अभिनेत्री कुञ्जना घिमिरे(सुन्तली), अभिनेत्री नीता ढुंगाना, डान्सर गम्भीर विस्ट, निश्मा घिमिरे, सन्दिप क्षेत्री, विरही कार्की लगाएतका कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।
watch this bisal chautari youtube video

प्रतिक्रिया