SAARC summit, due to the capital from “wada No 6” of start the shooting
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ९ मंगलबार । चलचित्र ‘वडा नम्वर ६’को छायाकन प्रारम्भ भएको छ । राजधानीनको चापागाईं स्टुडियोबाट यो चलचित्रको छायाकन मंगलबारदेखि सुरु गरिएको हो ।
धुलिखेलबाट चलचित्रको सुटिङ प्रारम्भ गर्ने निर्माण युनिटको लक्ष्य थियो । तर ‘सार्क सम्मेलनमा देखिएको सवारीको समस्याका कारण काठमाण्डू बाहिर जान सकिएन’ निर्माता मध्येका एक निर्मल शर्माले बताए । उनले भने ‘सवारी आवतजावत सहज भएपछि केही सातामा काठमाण्डू बाहिरको छायाकनमा जान्छौं ।’ चापागाईं स्टुडियोमा दयाहाङ राई, प्रियंका कार्की, दिपकराज गिरी, अरुणा कार्की सहित अन्य आधा दर्जन कलाकारले चलचित्र ‘वडा नम्वर ६’ को पहिलो टेक दिए । उज्जवल घिमिरे निर्देशित चलचित्र ‘वडा नम्वर ६’ मा दयाहाङ, प्रियंका र दीपकसागै जितु नेपाल, केदार घिमिरे र सिताराम कट्टेलको मुख्य भूमिका रहनेछ भने अभिनेता किशोर खतिवडा र हास्य कलाकारद्धय शिवहरी पौडेल र विल्सनविक्रम राई अतिथिको भूमिकामा प्रस्तुत हुनेछन् ।
दीपकराज गिरी, दिपाश्री निर्रौला र निर्मल शर्माको संयुक्त लगानी रहने चलचित्र ‘वडा नम्वर ६’ को छायाकन तालिका चालिस दिनको छ । अभिमन्यू निरवीको लेखन रहेको यो चलचित्रको कथा भने खोलिएको छैन । ‘६ एकान ६’ निर्माण गरेर मुनाफा समेत कमाएको दीपक, दिपा र निर्मलको दोश्रो प्रस्तुती ‘वडा नम्वर ६’ पनि प्रतिक्षित बनिसकेको छ ।
प्रतिक्रिया