Bisal Chautari Logo

ऋतिक र सुजैनको लवस्टोरीमा अर्जुन रामपल बने भिलेन

- २९ मंसिर २०७०, शनिबार १५:४९ मा प्रकाशित


 एजेन्सि       

मुम्बई : बलिउडका हट जोडी अभिनेता ऋतिक रोशन र सुजैन रोशनले आफ्नो १३ वर्ष लामो बैवाहिक सम्वन्ध तोडेका छन् । उनिहरुको १३ वर्ष अगाडि नै ४ वर्ष लामो प्रेम सम्वन्धपनि थियो । अभिनेता ऋतिकले लस एञ्जल्स (अमेरीका) देखी बयान जारी गरेर स्पस्ट पारेका छन्, कि उनको र सुजैन बिचको सम्बन्ध अब खतम भएको छ ।
अभिनेता ऋतिकले आफ्नो एक बक्तव्यमा भनेका छन्, कि –‘सुजन सम्वन्ध विच्छेद गर्ने निर्णय गरेकी छिन् । अव उनिसंग कुनै सम्वन्ध रहेको छैन । हामि अलग बस्नेछौ । हाम्रो परिवारको लागी यो समय धेरै कठिन समय रहेको छ । म मिडिया र मानिसहरुसंग अनुरोध गर्न चाहन्छु की यो कठिन समयमा हाम्रो गोपनीयतामा आदर गर्नुहोस् । म चाहन्न की यो खबर मेरो प्रसंशकको र बिबाह जस्तो सस्थामा विश्वास गर्नेहरुको लागी कमजोर बनोस् । म बिबाहको संस्थामा विश्वास गर्दछु, र उसको सम्मानपनि, अभिनेता ऋतिकले बताए ।
अभिनेता ऋतिकको यो बयान आउने वित्तिकै लामो समय देखिको मुद्धा समाप्त भयो भनेर हल्ल आएको छ । पछिल्लो समयमा यि दुई विच झगडा भइरहने खबरपनि सुन्नमा आएको थियो । सुजैन आफ्नो दुई सन्तानका साथ पछिल्लो चार महिनादेखी अभिनेता ऋतिकदेखी अलग बस्दै आएकि छिन् । उनिहरुको सम्वन्ध विग्रनुको धेरै कारण मध्ये एक कारण अभिनेता ऋतिक पछिल्लो समयमा चलचित्रहरुमा धेरै व्यास्त र गुड लुक्सको कारण उनकी श्रीमति एक्लो र उपेक्षित महसुश गर्थिन् ।
पछिल्लो समयमा मिडीयामा लगातार सुजनको अफेयर्सको खबरपनि आईरहेको थियो । केहि बलिउड पत्रकारहरुले रिपोर्टमा लेखेका छन् कि सुजैनका बलिउड एक्टर अर्जुन राम्पलसंग अफेयर्समा रहेकी छिन् । अभिनेत्री ऋतिकलेपनि यो कुरालाई पचाउन सकेनन् । अनन्त : बलिउडमा अभिनेता ऋतिक र सुजैनको सम्वन्ध टुट्नुको कारण अभिनेता अर्जुन राम्पालको हातपनि रहेको बताइएको छ ।

प्रतिक्रिया