Bisal Chautari Logo

अमेरिकामा राजेशपायलको साङगीतिक तहल्का

- ९ मंसिर २०७१, मंगलवार १३:३९ मा प्रकाशित


rajesh payal rai America program
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ९ मंगलबार । नेपाली साङगीत तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईले अमेरीकामा डेढ दर्जन भन्दा बढी भब्य कार्यक्रममा साङगीतक तहल्का मच्चाएका छन् । गायक राजेशपायल करिव २ महिनायता अमेरिकाको विभिन्न सहरमा साङगीतिक कन्र्सट गर्नमा व्यस्त छन् ।rajesh payal rai America program
यस्तै क्रममा गायक राजेशपायल राई यतिबेला युएसए टुरको अन्तिम ऋंखलामा रोचेस्टरमा आफ्नो १५औं साङगीतिक प्रस्तुती मार्फत तहल्का मच्चाएका छन् । नोभेम्बर २३का दिन प्रजित रानालगायत भूटानिज युनिट टिमले आयोजना गरेको राजेशपायल इन रोचेस्टर नामक कार्यक्रममा राई सार्वाधिक दर्शकसामु छाए । गायक राईले कार्यक्रममा उनले दर्शन नमस्ते २ हुंदै दिक्तेल बजारलगायत दर्जनौं गीत प्रस्तुत गर्दासमेत दर्शकको चाहना नपुगेपछि राईले मलाई पनि अंग्रेजीमा बोल्न सिकाई देउन लगायत २५ भन्दा बढी गीत प्रस्तुत गरे । यी सबै गीतहरु दर्शकहरुको वान्समोरलाई नकार्न नसकेर राईले प्रस्तुत गर्न परेको आयोजकले बताए । राईले युएसए टुरको अन्तिम कार्यक्रम साउथ डेकोटामा ३० नोभेम्बरमा भब्य रुपमा गर्दैछन् । साही कार्यक्रम गायक राजेशपायलको यसपटकको अमेरिकाका लागि अन्तिम कार्यक्रम रहेको छ । त्यसपछि उनी नेपाल फर्कने कार्यक्रम छ ।

[gss ids=”6621,6619,6620″]

प्रतिक्रिया