Bisal Chautari Logo

‘मन्डे मुभिज’मा कोरियन चलचित्रमाथि छलफल

- ९ मंसिर २०७१, मंगलवार ०९:२४ मा प्रकाशित


Monday Movies screening movie Spring, Summer, Fall, Winter… and Spring
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ९ मंगलबार । चलचित्रबारे छलफल गराउने उद्देश्यले सञ्चालनमा आएको मण्डे मुभिज हिजो सोमबारपनि मण्डला थियटरमा निरन्तरता दिइयो । केही पहिना अगाडीदेखी मन्डे मुभिज नामक कार्यक्रमको आयोजना गरिदै आएको छ । हरेक सोमबार हुने मन्डे मुभिजमा हरेक महिना एउटा देशका चलचित्रहरु देखाइनेछन् । त्यसैअन्तर्गत सोमबार कोरियन निर्देशक किमकि दुकले निर्देशन गरेको चलचित्र ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ प्रर्दशन गरियो । Monday Movies screening movie Spring, Summer, Fall, Winter... and Spring
एक घण्टा ४३ मिनेटको चलचित्र प्रदर्शनपछि सिनेमामाथि छलफल समेत गरियो । चलचित्र समिक्षक यज्ञश र ‘बाासुल्ली’ चलचित्र निर्देशक मीनबहादुर भाम अन्तरक्रियामा सहभागि भएका थिए । मण्डे मुभिज क्लबले आयोजना गरेको कार्यक्रममा अन्तरक्रिया चलचित्रको विषयवस्तु, प्रविधि निर्देशकीय क्षमता र अभिनयमाथि केन्द्रित थियो । दक्षिण कोरियन निर्देशक किमकि दुकले निर्देशन गरेको चलचित्र ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ मा एक भिक्षुको जीवन कथालाई विभिन्न मौसमसंग तुलना गरेर बाल्यकालदेखि वृद्ध अवस्थासम्मको घटनाक्रमलाई प्रस्तुत गरिएको छ । सन् २००३ मा निर्माण भएको चलचित्रलाई विभिन्न पााच भागमा विभाजन गरेर देखाइएको छ । उनको जीवनको विभिन्न अवस्थालाई हरेक मौसमसंग तुलना गरिएको छ । बसन्त, गर्मी, ग्रिस्म, जाडो र बसन्तमा हुने परिवर्तन चलचित्रमा समावेश छन् । वातावरण मन्त्रालयसागको ६ महिनाको छलफलपछि एलजे प्रोडक्सनले चलचित्रको सेट जुसान्जी पोखरीमा निर्माण गर्न अनुमति पाएको थियो । जीवनका विभिन्न भोगाईलाई मौसमसंग तुलना गरेर चलचित्र निर्माणबारे प्रतिक्रिया निर्देशक दुकले दिएका थिए ।Monday Movies screening movie Spring, Summer, Fall, Winter...and Spring
चलचित्र समिक्षक यज्ञशले हरेक महिना अलग शैलीका चलचित्र देखाउने उद्देश्यले यसपटक कोरियन चलचित्र छनोट गरेको जानकारी गराए । ‘चलचित्र हेर्दा सिनेमाका निर्देशकको कामबारे जानकारी हुन्छ । निर्देशक दुकले धेरै आलोचना कमाएका छन्,’उनले भने । ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’ चलचित्रको अन्तिममा बज्ने गीतबाट निर्देशक धेरै प्रभावित भएको उनले बताए । ‘
त्यस्तै निर्देशक मीनबहादुर भामले निर्देशक दुकको चलचित्रहरुमा महिला चरित्रको भूमिकाहरु दबाइने प्रतिक्रिया दिए । ‘उनले निर्देशन गरेको ‘रियल फ्रिक्सन’ चलचित्रबाट चिनेको हुा । उनी साइको निर्देशक भनेर परिचित छन् । उनको चलचित्रको मुख्य पात्रहरुले खासै संवाद बोल्दैनन् । चलचित्र भनेको युनिभर्सल हुनुपर्छ भनेर उनका मुख्य पात्रहरु कम बोल्ने गर्छन् लाटोचााहि होइन,’उनले भने । निर्देशक दुकले चलचित्रको नयाा भाषाहरु निर्माण गर्ने गरेको उनले बताए । ‘जीवनमा हुन नसकेको कुरालाई उनले चलचित्रमा उतार्ने गरेका छन् । उनका अनुसार जीवनमा नबुझ्न सकिएको पाटा फिल्ममा उतारिनुपर्छ भन्ने हो ।’ जोगी स्वभावका निर्देशक दुकबाट प्रभावित भएको उनले बताए ।
समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस चलचित्र आर्काभका सदस्यहरुले संयुक्त रुपमा मण्डे मुभिज क्लबको स्थापना गरेका हुन् । यसलाई स्मृति ढुंगाना, ईश्वर रौनियार, बाल्मीकि पोखरेल, अर्जुन कार्की र संगम पुलामी मगरको टिमले संञ्चालन गरिरहेका छन् । चलचित्रसम्बन्धी रुचि राख्ने व्यक्तिहरुलाई क्लबमा सदस्य भएर चलचित्रमाथिका विभिन्न छलफलमा गराउन आयोजक लागि परेको छ ।
‘हरेक सोमबार मन्डे मुभिजमा सहभागि भएर चलचित्रका प्राविधिक, कथा, अभिनय र कलाका विभिन्न विषयमा अन्तरक्रिया गर्न सकिनेछ । चलचित्रबारे जिज्ञासा राख्नेहरुलाई केन्द्रित गरेर मन्डे मुभिज संञ्चालन भएको हो ।

 

प्रतिक्रिया