Bisal Chautari Logo

पुस ११ बाट बिधुवा || सोनु सिनेमाबाट आसाबादी

- ८ मंसिर २०७१, सोमबार १०:५३ मा प्रकाशित


sonu ghimire bidhawa nepali movie
sonu ghimire bidhuwa nepali movie (1)

विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०१ बुधवार । श्रीमान्को मृत्यपछि ‘बिधुवा बनेकी महिलाले समाजमा भोग्ने पिडा अब चलचित्रको पर्दामा देख्न पाइने भएको छ । पौष ११ गते रिलिज मिती ताकिएको छ ।
मनोज श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘विधुवा’लाई गिरी प्रसाद सुनुवारले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेता दिलीप रायमाझी , सोनु घिमीरे, मनोज श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ । भने चलचित्रको छायांकन पाल्पा र बुटवलमा गरिएको हो ।
यही चलचित्रबाट डेब्यु गरेकी सिनेमाकी मुख्य अभिनेत्री सोनु घिमिरे यस चलचित्रबाट निकै आसावादी देखिएकी छिन् । केही महिना अगाडी चलचित्रको प्रिमियरपनि काठमाडौमा गरिएको थियो । सोही क्रममा कुराकानी गर्दै नव अभिनेत्री घिमिरेले विशाल चौतारीसंग कुराकानी गर्दै भनेकी थिइन् ‘पछिल्लो समय नेपाली चलचित्र क्षेत्र अश्लिल बनिरहेको समयमा एक दलित र विधवा महिलाले समाजमा भोग्नुपरेको पिडा र अपहेलनालाई देखाइएको सामाजिक चलचित्रमा अभिनय गर्न पाउदा म एकदमै खुशी छु । sonu ghimire bidhuwa nepali movie (2)चलचित्रमा विधवाको भुमिका निभाउन आफुले सकेसम्म मिहेनत गरेकोले दर्शकले मनपराउनेमा विस्वस्त रहेको छु’, अभिनेत्री सोनुले बताएकी थिइन् । चलचित्रमा सगीत बिकाश चौधरीको छ भने शब्द शंकर अधिकारीले लेखेका छन् ।

sonu ghimire bidhawa nepali movie
Madanalisha Films Pvt.Ltd Presents.
BIDHAWA
Starting: Dilip Rayamajhi,Manoj shrestha,Giri P Sunar,Sonu Ghimire etc.
Singer: Rajesh Payal Rai,Nitya Siwa
Music: Bikash Chaudhari
Lyric: Sankar Adhikari (Ghayal)
Producer: Giri Prashad Sunar
Story/Direction: Manoj Shrestha

 

प्रतिक्रिया