विशाल चौतारी समाचार काठमाडौ, ३० मंसिर । कलेज पढ्ने चार केटाहरुको एउटा सांगीतिक समूह र सो समूहमा आबद्ध एक मुख्य सदस्यको मेरुदण्ड पक्षघात पश्चात हुने घटनाक्रमलाई मुख्य कथा बनाइएको चलचित्र ‘मोक्ष’को आईतवार चलचित्रको प्रोमो र अडियो लन्च सार्वजनिक गरीएको छ ।
आईबार राजधानिमा आयोजित एक कार्यक्रमको बिच डाक्टर बसन्त पन्त, चलचित्रका निर्माता सुनिल मानन्धर, चलचित्रका अभिनेता कोशिस क्षेत्री र अभिनेत्री बेनिशा हमाल लगायतले चलचित्रको अडियो गित विमोचन गरेका थिए । त्यस्तै कार्यक्रममै डाक्टर पन्तद्धरा चलचित्रको केही प्रोमोहरुपनि सार्वजनिक गरीएको थियो ।
चलचित्रमा समावेश गीत र प्रोमो सार्वजनिक भएसँगै चचिर्त वितरक तथा चलचित्रका निर्माता सुनिल मानन्धरले बोल्दै आफूले पैसा कमाउन चलचित्र नबनाएको बताए । मानन्धरले भने–‘ चलचित्र ‘मायाजबार’ बनाएपछि चलचित्रमा लगानि फेरी गर्छु भन्ने सोचेको थिईन । धेरै चलचित्र बनाएर पैसा फसेकाले चलचित्र बनाउछु भन्ने मान्छेलाई नै म भेट्न चाहन्न थिए । एउटा अपरिचित व्यात्तिको मोबाइल नम्वर मोबाइलमा आयो । अपरिचित फोनकललाई खासै वासै वास्ता गरिन । तर मलाई म्यासेज आयो ‘मैंले तपाईलाई चिनेको छु, म तपाईलाई भेट्न चाहन्छु’ भन्ने । त्यसपछि मैले फोन उठाए । मैले भेट्नको लागी समय दिए । भेट गर्ने स्थान मेरै अफिसमा थियो । कार्यालयमा भेट्न आएका ती व्यक्तिले मलाई फोन गरेर भने– ‘तपाईको अफिस माथि रहेछ । मलाई भेट्न तल आउनुस् ।’ आफ्नै अफिसमा आएर किन तल भेट्न बोलायो भनेर सोचीरहेको थिए । भेट्नको लागि ग्राउण्ड फ्लोअरमा झर्ने वित्तिकै ह्विलचियरमा रहेका प्रबिनलाई देख्ने बित्तिकै भावुक बने । उनले बनाएको चलचित्रको भनेपछि कथा मनपरेकाले पुन: चलचित्रमा लगानि गर्न तयार भएको हु ।’ चलचित्रका निर्देशक प्रविन श्रेष्ठकै जीवनमा आधारित कथा भएकालेपनि आफुले चलचित्रमा लगानि गरेको निर्माता तथा वितरक सुनिल मानन्धरले बताए ।
१९९७ मा एक दुर्घटनामा परेपछि निर्देशक श्रेष्ठको दुबै खुट्टाले काम गर्न छोडेको थियो । कार्यक्रममै प्रमुख अतिथी डाक्टर बसन्त पन्तले निर्देशक प्रविनको पिडीत जिवनमा आधारीत चलचित्र बनेकालेपनि राम्रो हुने विस्वास व्याक्त गरे । संगसंगै अफुले सक्दो सहयोगपनि गर्ने डाक्टर पन्तले बताए । त्यस्तै कार्यक्रममै चलचित्रका कथा, सम्पादन र निर्देशक समेत रहेका प्रविनले चलचित्रलाई सुरुवातमा पहिला सानो वृत्तचित्र फिल्म बनाउन खोजेपनि कथा फिचर फिल्मको भएर लगानी गर्न नसकेपछि सुनिल मानन्धरलाई भेटेको बताए । चलचित्रमा लगानी भएअनुसार आफुले सक्दो चलचित्रलाई राम्रो बनाएको निर्देशक श्रेष्ठले बताए । चलचित्रमा आफुले समाज र सरकार राम्रो भए कुनैपनि व्याक्ति अशक्त हुन नसक्ने चित्रण गरिएको निर्देशक श्रेष्ठले बताए ।
माघ २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मोक्ष’को गीत र प्रोमो सार्वजनिक कार्यक्रममा गायक समेत रहेका चलचित्रका अभिनेता कोशिशले केही गीतहरु गाएर सुनाएका थिए । चलचित्रमा आबद्ध कलाकारहरु कोशिश क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार लगायतको कार्यक्रममा उपस्थिती थियो । चलचित्र ‘मोक्ष’मा सञ्जिव सिंह, नबक्रन्ती समूह, धिलुङ राई, प्रविन श्रेष्ठको संगीत, रविन श्रेष्ठ, प्रताप सिंह, हरी हुमागाँईको छायांकन, प्रग्यान थापा र राजन कठेतको पटकथा चलचित्रमा रहेको छ ।
add bisalchautari video
प्रतिक्रिया