Bisal Chautari Logo

शंकरले अमेरीकाबाटै ‘तुलसी’को रिलिज डेट तोक्ने

- १४ जेष्ठ २०७१, बुधबार ०३:४८ मा प्रकाशित


shankar-ghimire-and-richa-ghimire-movie-tulasi
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१, जेठ १४, बुधबार । निर्देशक शंकर घिमिरे र अभिनेत्री ऋचा घिमिरे दोस्रो सन्तानलाई जन्म दिने तयारीमा छिन् । यसैले पनि उनले आफुहरुको अमेरिका बसाई केही समय लम्बिने शंकरले बताएका छन् । उनका अनुसार नेपाल र्फकन अझै ४ महिनाको समय लाग्नेछ ।shankar-ghimire-and-richa-ghimire-movie-tulasi-1-
नेपाल फर्कने बित्तिकै आफ्नो पछिल्लो चलचित्र ‘तुलसी’लाई भव्य पब्लिसिटिका साथमा प्रर्दशन गर्ने निर्देशक घिमिरेले बताए । उनले विशाल चौतारीसंग कुराकानी गर्दै अमेरीकाबाट नेपाल आउन भन्दा अगाडी नै नेपाल प्रर्दशनको बारमा रिलिज मिति तोक्नेपनि बताए । अमेरिकाका विभिन्न शहरमा अझै पनि प्रदर्शन गर्न बाँकी रहेको कारणपनि बसाई केही लम्बिने बताए । विदेश प्रर्दशनमा राम्रो प्रतिकृया पाएको बताउदै निर्देशक शंकरले नेपालमा पनि आफ्नो चलचित्र ‘तुलसी’लाई दर्शकहरुले मनपराइदिने बताए । चलचित्र ७० लाख बजेटमा तयार भएको सिनेमालाई नेपाल आएर पनि प्रदर्शन गर्ने निर्देशक शंकरले बताए ।

प्रतिक्रिया