Bisal Chautari Logo

‘किस्मत-२’ श्यामले निर्देशन गर्ने, रेखा, आर्यन र बिराज दोहोरिएलान् ?

- ८ मंसिर २०७१, सोमबार ०५:१३ मा प्रकाशित


chhabi raj ojha kismat-2 nepali movie biraj bhatta rekha thapa and aaryan sigdel ?
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ८ सोमबार । नेपाली चलचित्र क्षेत्रमा आजभन्दा २५ वर्ष अगाडीदेखी सफल निर्माताको रुपमा अगाडी रहेका छबिराज ओझाले आफ्नो सुपरहिट चलचित्र ‘किस्मत’को सिक्वेल बनाउने घोषणा गरेका छन् । प्रेम कथामा आधारीत चलचित्रको घोषणा आफ्नो ५० औ जन्मदिनको अवसरमा निर्माण गर्ने घोषणा गरेका हुन् । यस चलचित्रलाई श्याम भट्टराईले निर्देशन गर्ने भएका छन् ।chhabi raj ojha kismat-2 nepali movie biraj bhatta rekha thapa and aaryan sigdel
‘किस्मत’ निर्देशन गरेका चर्चित निर्देशक उज्जवल घिमिरेलाई छाडेर छबिले अर्का चर्चित निर्देशक श्यामलाई लिएका हुन् । chhabi raj ojha kismat-2 nepali movie biraj bhatta rekha thapa and aaryan sigdel  (1)चलचित्रमा अहिलेसम्म ३ जनालाई मात्र लिइएको छ । जसमध्ये सिनेमाको पटकथा र संवाद सामिप्य तिमल्सिनाको रहने छ भने अर्जुन पोखरेलको संगीत रहने छ ।chhabi raj ojha kismat-2 nepali movie biraj bhatta rekha thapa and aaryan sigdel  (2)
चलचित्र ‘किस्मत २’ बन्ने भएपछी अहिले कलाकारहरु को रहदा भन्ने कौतुहल्ता बढेको छ । पछिल्लो समय एकपछी अर्को गर्दै ब्यास्त अभिनेताको ट्याग भिरेका अभिनेता आर्यन सिग्देलको चलचित्र ‘किस्मतबाटै नेपाली चलचित्र क्षेत्रमा किस्मत खुलेको थियो । अभिनेता आर्यनसगै ‘किस्मत’मा रेखा थापा र बिराज भट्टपनि मुख्य भूमिकामा थिए । यही तीन कलाकार मध्ये सिक्वेलमा दोहोरीएलान् की नदोहोरीएलान् भन्ने कौतुहलता बढेको छ । चलचित्र घोषणा कार्यक्रममापनि निर्माता ओझाले कलाकारको छनोट भईरहेको जानकारी मात्र दिए ।

biraj bhatta, rekha thapa and aaryan sigdel

प्रतिक्रिया