Bisal Chautari Logo

र्‍याम्पमा बेहुली बनिन् सन्नि

- १ पुष २०७०, सोमबार १२:१६ मा प्रकाशित


मुम्बई : केही दिन अगाडी दिल्लीमा ‘रमोला बच्चन रनवे राइजिङ’ नामक कार्यक्रमको आयोजना भएको थियो । यस कार्यक्रममा प्रर्दशन भईरहेको चलचित्र ‘ज्याकपोट’की अभिनेत्री तथा पोर्न स्टार सन्नि लियोनले र्‍याम्पमा क्याटवाट गरेकी छिन् । त्यो पनि बेहुलीको भेषमा । यस र्‍याम्पको क्रममा अभिनेत्री सन्नि बेहुलीको रुपमा खुबै राम्री देखिरहेकी थिईन् । अभिनेत्री सन्निसंगै उनका श्रीमाणका साथमा चलचित्र ‘ज्याकपोट’का अभिनेता सचिन जोशीपनि उपस्थित भएका थिए । अभिनेत्री सन्निले रातो कलरको लहङ्गा पहिरीएकी थिईन् । अभिनेत्री सन्नि र सचिनद्धरा अभिनीत चलचित्र ‘ज्याकपोट’ १३ डिसेम्वरमा रिलिज भएको थियो । चलचित्रमा तमिल अभिनेता सचिन जोशी अभिनेत्री सन्नि लियोनका साथ बलिउडमा डेब्यु गरेका हुन् ।
 

प्रतिक्रिया