Bisal Chautari Logo

सार्क हस्तकला प्रदर्शनीमा जे देखियो (फोटो फिचर सहित)

- ६ मंसिर २०७१, शनिबार १५:२४ मा प्रकाशित


SAARC whatever showed handicraft exhibition (including hastakala photo feature)

विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ६ शनिबार । सार्क हस्तकला प्रदर्शनी तथा १२ औं हस्तकला व्यापार मेला बिहीबारदेखि सुरु भएको छ । भृकुटीमण्डपमा आउदो सोमबारसम्म चल्ने प्रदर्शनीमा सार्क क्षेत्रका राष्ट्रहरुको सहभागिता रहेको छ ।SAARC whatever showed handicraft exhibition (including hastakala photo feature) (1)
SAARC whatever showed handicraft exhibition (including hastakala photo feature) (6)मेलाको उद्घाटन गर्दै उद्योगमन्त्री महेश बस्नेतले रोजगारी सिर्जना गर्न हस्तकलाले ठूलो भूमिका खेलेको बताए । सरकार हस्तकला उद्योगको विकासमा लागि परेको बताउदै बस्नेतले पाच विकास क्षेत्रमा हस्तकला ग्राम स्थापना गर्न लागेको जानकारी दिए । ”हस्तकला ग्राम स्थापना गर्न जग्गा पहिचान भैसकेको छ, आगामी आथिर्क वर्षदेखि निर्माण कार्य सुरु गरिनेछ,’ उनले भने।
मेलामा जिल्ला संघ, वस्तुगत संघ र अन्यदेशका गरी २ सय ९ सय स्टल रहेको आयोजकले जनाएको छ । त्यसमध्ये सार्क पेभिलियन अन्र्तगत ४०, जिल्ला संघका १०, चीन र सार्क देशबाट आउने अन्य व्यवसायीका ३० वटा स्टल र बाँकी हस्तकला महासंघका रहेको जनाइएको छ ।
मेलामा काष्ठकला, धातुकला, चादी तथा अन्य धातुका गरगहना, फेल्टका सामान ऊनी तथा सुती, एवं ढाकाका सामान पश्मिना, हाते कागजका सामान, छालाजुत्ता, तथा छालाजन्य सामान प्राकृतिक रेशा र बासका सामग्री प्रर्दशनी तथा बिक्रीका लागि राखिएको छ । मेलाको अवसरमा हस्तकला विधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले दसौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी, फेसन, गहना सप्ताह, डिजाइन प्रतियोगिता समेत गरिदैछ । प्रदर्शनी तथा व्यापार मेलाको आयोजना विभिन्न सरकारी तथा गैरसरकारी संघरसंस्थाहरुको सहयोगमा नेपाल हस्तकला महासंघ, वाणिज्य तथा आपूति मन्त्रालय, उद्योग मन्त्रालय तथा सार्क सांस्कृतिक केन्द्र, श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रदर्शनी तथा मेलालाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, अमेरीकी दूतावास, जर्मन अन्तर्राष्ट्रिय सहयोग नियोग, लघु उद्यम विकास कार्यक्रम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, फेडेक्स, सिभिल बैंक, नेपाल सुनचादी व्यवसायी महासंघ र नेपाल सुनचादी रत्न तथा आभूषणा महासंघले सहयोग गरेका छन् । मेला अवधिभर नेपाल हस्तकला महासंघले मौलिक कलाको संरक्षणा र कलाको उत्थानका लागि भन्दै दसौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी समेत गरेको छ ।

[gss ids=”6559,6560,6562,6561,6558,6557,6556,6555,6553,6552,6551,6550″]

प्रतिक्रिया