Bisal Chautari Logo

‘बितेका पल’का निर्देशक सुरजले दिए प्रतिस्पर्धीलाई शुभकामना

- २ पुष २०७०, मंगलवार १४:१९ मा प्रकाशित


विशाल चौतारी  समाचार
काठमाडौं, २ पुस ।
पौष २६ बाट रिलिज हुन लागेको चलचित्र ‘बितेका पल’ का निर्देशक सुरज सुब्बा नाल्बोले सोहि दिन बाट प्रर्दशनमा आउन लागेका चलचित्रहरुलाई शुभकामना दिएका छन् । चलचित्रकी अभिनेत्री केकी अधिकारीको जन्म दिन पारी वर्थ डे सेलिब्रेसनसँगै चलचित्रको एल्मब समेत विमोचन गरिएको कार्यक्रममा निर्देशक सुब्बाले आफ्ना प्रतिस्पर्धिहरुलाई शुभकामना दिएका हुन् ।
निर्देशक नाल्बोले चलचित्रमा मनोरञ्जन मात्रै भएर हुँदैन, विचारपनि राम्रो हुनुपर्ने बताए । भने–‘बितेका पल विचार बोकेको चलचित्र हो । मेरो प्रतिस्पर्धा चलचित्रसँग नभएर दर्शकसँग हो । म दर्शकको प्रेम र आलोचनाको पात्र बन्न तयार छु’ निर्देशक सुब्बाले बताए । चलचित्र ‘बाटो मूनिको फूल’ चर्चामा आएका निर्देशक सुब्बा र सोहि चलचित्रबाट उदाएका निर्माता राजेश घतानीले ‘बितेका पल’ले दर्शकको मन जित्ने आशा व्यक्त गरे । भारतकै महंगो लोकेशनमा छायांकन गरिएको चलचित्र ‘बितेका पल’ यतिबेला चर्चामापनि रहेको छ । यो चलचित्रको छायांकन भारतमा ९५ र नेपालमा ५ प्रतिशत गरिएको छ । बलिउडका सफल चलचित्रहरु ‘मे हुँ ना’ र ‘बर्फी’ छायांकन गरिएको लोकेशनमा ‘बितेका पल’को ९५ प्रतिशत दृश्य कैद गरिएको बताएको छ ।
चलचित्रलाई पौष १४ गते राजधानीको विग मुभिजमा प्रिमियर गर्ने जानकारी दिंदै चलचित्र ‘बितेका पल’ कुनै पनि हिन्दी, बङगाली, कोरियन चलचित्रबाट कपी नगरिएको बताए । चलचित्र सत्य प्रेमकथामा आधारित रहेको बताए । ९५ प्रतिशत सुटिङ दाजिलिर्ङ गरिएको चलचित्रमा अभिनेत्री केकीसँगै अभिनाश गुरुङ र बाबु वोगटीको मुख्य भूमिका रहेको छ । कार्यक्रममा अभिनेता अभिनाश नआएपनि उनका बावु आएका थिए ।
निर्माण युनिटका अनुसार करिव ८० लाख लागत दाबी गरिएको चलचित्र ‘बितेका पल’ले झन्डै ३५ लाख रुपैयाँ अडियो विक्रिबाट कमाएको बताइएको छ । चलचित्रमा बाबु बोगटीसँगै डम्वर नेपाली र रोशन लामाको संगीत छ भने हरी लामा चलचित्रका क्यामेरा पर्सन हुन् । शंकर विसी, अर्जुन गौतम र पेमा लामाले चलचित्रमा नृत्य निर्देशन गरेका छन् ।
watch this video bisal chautari youtube

प्रतिक्रिया