Bisal Chautari Logo

खोटाङमा जीप दुर्घटना हुादा छ जनाको मृत्यु, नौं जना गम्भीर घाइते

- ५ मंसिर २०७१, शुक्रबार १३:१८ मा प्रकाशित


6 people were killed in a jeep accident in KHOTANG context, 9 were seriously injured
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ५ शुक्रबार । खोटाङमा एक जिप दुर्घटना हुदा ६ जनाको मृत्यु र नौ जना गम्भिर घाइते भएका छन् । हलेसीबाट तिर्थयात्री लिएर जयरामघाटतर्फ जादै गरेको जीप दुर्घटना हुदा छ जनाको ज्यान गएको छ भने, नौं जना गम्भीर घाइते भएका हुन् ।6 people were killed in a jeep accident in KHOTANG context, 9 were seriously injured
दुर्घटनामा परी ज्यान गुमाउनेमा ओखलढुङगा च्यानम–२ का ५६ वर्षीय टंक राया, सिन्धुली लाङपाङटार–४ का ६५ वर्षीय पुर्णमाया मगर, ३७ चन्द्रमाया कार्की र ४५ चन्द्रमाया तामाङ, नुवाकोट पाचकन्यका ३८ वर्षीय रोबहादुर पण्डित र ३५ वर्षीया सरस्वती पण्डित रहेका छन् ।
त्यस्तै दुर्घटनामा परी घाइते हुनेमा सिन्धुली लाम्पाङटार–४ का ७० वर्षीय टेकबहादुर मगर, ६५ वर्षीया पुर्णमाया मगर, ७ वर्षीय आशिष मगर, ३४ वर्षीय सनबहादुर मगर, २८ वर्षीय मञ्जु भण्डारी, ३८ वर्षीय शम्भु विश्वकर्मा, २६ वर्षीय चेतबहादुर रमौली, लाम्पाङटार–३ का २८ वर्षीय चित्रबहादुर रमौली र काठमाडौं कपनका १३ वर्षीय सिम्रम पण्डित रहेको घटना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले जानकारी दिएको हाम्रो खोटाङ डटकमले अनलाइन पत्रिकाले बताएको छ । खरेलका अनुसार घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।
जीप सडकबाट करिब सात सय मिटर तल खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । जीप चालक कौशल बिश्वकर्मा भने सकुशल रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर च्यास्मिटार प्रहरी चौकीमा राखिएको छ ।
बालाचतुर्दशीको अवसरमा हलेसीको दर्शन गरेर फर्कीएका तिर्थयात्रु सवार मे १ ज ७३२ नम्बरको मुस्ताङ जीप शुक्रबार बिहान करिब पाच बजेतिर दुछिर्मको गौरीभिरमा दुर्घटना भएको थियो । १५ जना यात्रु लिएर बिहान चार बजे हलेसीबाट जयरामघाटका लागि छुटेको जीप सडकमा भएको खाल्डो छल्ने क्रममा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए ।
दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलीकोप्टर मार्फत काठमाडौंस्थित शिक्षणा अस्पताल लगिएको छ । दुर्घनामा घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार गरेका हुन् ।

प्रतिक्रिया