Bisal Chautari Logo

‘मइ ठुली भइछु रे’का संगीतकार बिजु बज्रलाई ह्दयघात उपचारर्थ १ लाख प्रदान

- ५ मंसिर २०७१, शुक्रबार ०८:५४ मा प्रकाशित


musician biju bajra treatment provide 1 million
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ५ शुक्रबार । लामो समयदेखि हृदयघातबाट पिडित चर्चित गीत ‘मइ ठुली भइछु रे’ वरिष्ठ संगीतकार बिजु बज्रलाई उपचार सहयोगार्थ एक लाख आठ हजार त्रियासी रुपैया प्रदान गरिएको छ । musician biju bajra treatment provide 1 million (1)
जापानमा बस्दै आएका नेपालीहरुले ह्दयघातको उपचार गराइरहेका बज्रलाई उक्त रकम संगीतकार संघको कार्यालयमा संगीतकार श्रीकृष्ण बम मल्ल मार्फत स्रष्टा कलाकारहरुको हातबाट बज्रलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गर्नेमा चर्चित संगीतकार तथा रोयल्टि समाजका अध्यक्ष सुरेश अभिकारी, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, गीतकार संघका अध्यक्ष लगायतले सामुहिक रुपमा रकम हस्तान्तरण गरेका थिए ।
गायक तथा संगीतकार रामकृष्णबम मल्लको संयोजकत्वमा सो रकम संकलन भएको उनी लगायत ३३ जना संगीतका पारखीले जुटाएका हुन् । सो रकम हस्तान्तरण गर्दै गायक श्रीकृष्ण बम मल्लले जापानमा बस्ने नेपालीको दिल ठुलो भएको भन्दै यस्ता काम सबैले गर्नुपर्ने बताए । सो अवसरमा जापानमा गीत संगीतमा नै सक्रिय रहेका रामृकृष्णले धेरै रकम नसके पनि सक्दो सहयोग गरेको र यसले संगीतकार बज्रलाई केही न केही सहयोग हुने आशा राखे ।
संगीतकार बज्रलाई जापानदेखि सहयोग गर्नेहरुमा रामकृष्णबम मल्ल, सृजना मल्ल, भरत मल्ल, नौमती बाजा समुह ,नारायण प्रशाद सुबेदी जनसम्पर्क समिती जापान ,लगायत ३३ जना छन् ।
रकम वितरण समारोहमा बोल्दै प्राज्ञ वरिष्ठ संगीतकार शान्तिराम राईले सरकारसंग सहयोगका लागी आवान गरेपनी चासो नदिएको दुखेसो सुनाए । भने–‘ मैले सरकारको समक्ष बैठक बस्दापनि यो कुरा निकाल्दा मई ठुली भइछु रे बोलको गीतमा कम्बर मर्काउने ता तपाइहरुपनि हुनुहुन्थ्यो ता ? अहिले सोही गीतका संगीतकार पिडित हुदा किन सहयोगको भावना नदेखाउनु भएको ?’, संगीतकार शान्तिराम राईले बताए ।

[gss ids=”6505,6506″]

प्रतिक्रिया