Bisal Chautari Logo

राम्रो चलचित्र बनाए, चलाउन गाह्रो भो – अभिनेता विश्व बस्नेत

- ३ पुष २०७०, बुधबार १६:५९ मा प्रकाशित


EXCLUSIVE
विशाल राई
काठमाडौं, ३ पुस ।
दशक अगाडी अभिनेता विश्व बस्नेत नेपाली चलचित्र क्षेत्रमा चलेका अभिनेताको रुपमा चिनिन्थे । चलचित्र ‘सिन्दुर, नाता, अन्यय’ जस्ता धेरै नेपाली चलचित्रमा अभिनेता भएर काम गरेका थिए । सोहि अभिनेता विश्व फेरी पुन नेपाली चलचित्र क्षेत्रमा व्याक भएका छन् ।
तर अभिनेत विश्व बस्नेत अभिनेताको रुपमा नभएर निर्देशक भएर पुन नेपाली चलचित्र क्षेत्रमा आएका छन् । सो चलचित्रको नाम हो ‘स्कुल’ । सौर्यसंगको अन्र्तवार्ताको क्रममा अभिनेता विश्व बस्नेतले चलचित्र ‘स्कुल’ आध्यात्मिक चलचित्र रहेको बताए । भने –‘आध्यात्मिक तथा नैतिक ज्ञान बिना शिक्षाले मानिसलाई चतुर सैतान बनाउछ । पढाई मात्रै होईन, आध्यात्मिक ज्ञानपनि चाहिन्छ सक्षम मानिस बन्नको लागी ।’ विश्व बस्नेतका अनुसार विद्यार्थिहरुले स्कुलमै राम्रो आध्यात्मिक ज्ञान लिनु पर्ने बताए ।
चलचित्र बनिसकेको लामै समय भएपनि चलचित्र हलहरुमा चलाउन नसकेको निर्देशक तथा अभिनेता विश्वले बताए । दशै भन्दा अगाडी केहि कलेजहरुमा चलचित्र प्रर्दशन गरेको बताए । प्रर्दशन गर्दा दर्शकहरुबाट राम्रो प्रतिकृया आएकोपनि बस्नेतले बताए । दशै तिहारपछि लगातार चुनावका कारणले चलचित्रलाई स्कुलहरुमा प्रर्दशन गर्न नपाएको निर्देशक बस्नेतले बताए । अबको केही समय चलचित्र ‘स्कुल’लाई स्कुलहरुमा प्रर्दशन गर्नेपनि निर्देशक बस्नेतले बताए ।
चलचित्र तयार भएपनि हलहरुमा चलचित्र लगाउन नसकेकाले चलचित्र ‘स्कुल’ को रिलिज मिति केहि तय गर्न नसकेको निर्देशक विश्व बस्नेतले बताए । बस्नेतले भने–‘पहिला चलचित्र बनाईसकेपछि हलवालाहरु चलचित्र खोज्दै आउथे । अहिले त उपत्यकामा मात्र चलचित्र लगाउनु पर्‍यो भने १० लाख खर्च हुन्छ भनेको सुनेको थिए । चलचित्र हलमा बल्ल तल्ल लाग्छ, तर १० लाख पैषा नहुदै चलचित्र उत्रिन्छ भनेकोपनि सुनेको थिए । कता गएर, कस्लाई भनेर चलचित्र प्रर्दशन गर्ने भन्ने केहि थाहा पाएको छैन’, निर्देशक बस्नेतले बताए । चलचित्र हलमा लगाउनु अहिले राजनिती नै गर्नुपर्ने आफुले भोगेको निर्देशक विश्व बस्नेतले बताए ।
चलचित्र ‘स्कुल’ नेपाली चलचित्र क्षेत्रमै मात्र भनई हिन्दी, ईङ्लिस तिरको केही कपि नगरीएको निर्देशक बस्नेतले बताए । नेपाली चलचित्र क्षेत्रमा पहिलो चोटी फरक विधामा फरक शैलिमा आफुले निर्देशन गरेकोपनि निर्देशक विश्व बस्नेतले बताए । आफ्नै निर्देशन, कथा, पटकथा तथा संवाद रहेको चलचित्र ‘स्कुल’ धेरै अध्ययन पश्चात राम्रो चलचित्र आफुले बताएको निर्देशक बस्नेतले दाबीपनि गरे । यत्तिको चलचित्र नेपाली चलचित्र क्षेत्रमै बनेको छैन, र बन्नेपनि छैन, बस्नेतले बताए ।’ चलचित्र ‘स्कुल’ बोर्डिङ स्कुल भित्रै ८० प्रतिसत सुटिङ भएको र चलचित्रमा ८० प्रतिसत नै ईङ्लिस भाषाको प्रयोग गरिएकोपनि निर्देशक बस्नेतले बताए । बाकि २० प्रतिसत मात्र बाहिरै सुटिङ र त्यस समयमा चाहि नेपाली भाषाको प्रयोग गरिएको निर्देशक बस्नेतले बताए । चलचित्र हलहरुमा लागाउने बेला चाहि दर्शकहरुलाई मध्ये नजर गरेर नेपाली भाषामा डविङ गराउने बस्नेतले बताए ।
चलचित्रमा बिजय बस्नेत, निर शाह, सुम्मिता बम्जन, बिएस् राणा, धिरेन्द्र राज थापा, रवी गिरीको अभिनय रहेको छ भने डेब्यु कलाकारहरुमा जिवन भट्टराई, सविन बस्नेत, गोविन्द मगर, प्रवल वाग्ले, प्रथम केषि, सृजा झा, मनिला गौतम र सृशा नेपाल रहेका छन् । चलचित्रमा प्रोफेसर डा. सामथ्र्य बहादुर सिंह, विरेन्द्र मान श्रेष्ठको लगानि रहेको छ, भने क्यामरा पर्सनमा राजु थापा रहेका छन् । चलचित्रमा भुपेन्द्र रायामाझि र त्रिबजय लामाको संगित रहेको छ, भने गायक गायिकाहरुमा नेपाली तारा सन्तोस लामा, हेमन्त राणा, जुना प्रसाई लगायत रहेका छन् । (कुराकानिमा अधारीत)

प्रतिक्रिया