Bisal Chautari Logo

सोनु निगम र कपिल शर्मा नेपाल आउदै

- ५ मंसिर २०७१, शुक्रबार ००:५२ मा प्रकाशित


ncell puplefest – sonu nigam and kapil sharma in nepal
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर २ मंगलबार । नेपालमा बलिउड सेलिब्रेटीहरु आउने क्रम बढ्दो छ । यही बढ्दो क्रम चलिरहेकै बेला बलिउका २ चचिर्त सेलिव्रेटि नेपाल आउने भएका छन् । नेपालको मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले आउदो मङसिर २७ गतेका दिन भारतीय गायक सोनु निगम र पछिल्लो समय कलर्स टिभीबाट प्रसारण हुने पछिल्लो समयका चर्चित शो ‘कमेडी नाइट विथ कपिल’ बाट चर्चाको शिखरमा रहेका कपिल शर्मालाई शो गर्न नेपाल ल्याइने भएको हो ।ncell-puplefest-sonu-nigam-and-kapil-sharma-in-nepal
एनसेल पर्पल फेस्ट नाम दिईएको यस कार्यक्रममा सोनु र कपिलसंगै नेपाली सेलिब्रेटीहरु गायक सुगम पोखरेल, हास्यअभिनेता विल्सन विक्रम राई, जितु नेपाल र पप र्‍यापर यमबुद्धले पनि सोही कार्यक्रममा प्रस्तुति दिनेछन् ।
एनसेल पर्पल फेस्टलाई उद्घोषणा गर्ने जिम्मा भने अभिनेता तथा भिजे सुरजसिंह ठकुरी र अभिनेत्री प्रियंका कार्कीले पाएका छन् । कार्यक्रम दशरथ रङशालामा हुनेछ । यसै बर्ष अक्षय कुमार देखि आमिर खान सम्म नेपाल आइसकेका छन् भने शाहरुख खान आउने चर्चा चलिरहेकै छ । उता अभिनेत्रीहरु सन्नि लियोन, जरिन खान, सुस्मिता सेन लगायत आइसकेका छन् ।

India’s comedy king Kapil Sharma, melodious Sonu Nigam will be performing with our very own Sugam Pokharel, Yama Buddha, Jitu Nepal and Wilson Bikram Rai in the biggest event of the year – Ncell Purplefest. Get your FREE pass today in purchase of data packs from Ncell Centres of Kathmandu and Banepa. 

more inf : Biggest Event of the Year nepal

प्रतिक्रिया