Bisal Chautari Logo

राइजिङ स्टार २०७१को अन्तिम प्रतिष्पर्धाका लागी ४५ बालबालीका छनौट (फोटो फिचर)

- ४ मंसिर २०७१, बिहीबार ०५:०३ मा प्रकाशित


Rising Star – 2071
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ४ बिहिबार । राईजिङ स्टार २०७१को अन्तिम प्रतिष्पर्धाका लागी ४५ बालबालीकाहरु छनौट भएका छन् । ललितपुरका विभिन्न विद्यालयबाट अडिसनमा सहभागी ८० जना बालबालीका मध्ये ४५ जनालाई अन्तिम प्रतिस्पर्धाका लागी छनौट गरिएको हो । Rising Star – 2071 (5)
अन्तिम प्रतिस्पर्धाका लागी ४५ जना बालबालीकाहरुलाई छनौट गर्ने जजहरु बरिष्ठ संगीतकारद्धय महेश खड्का, लक्ष्मण शेष र गायिका शशि रावल रहेका थिए । प्रतियोगीहरुले गायन, नृत्य, डान्स, कमेडी लगायतका विधाहरु प्रस्तुत गरेका थिए ।
आउदो मंसिर १३ गते शनिवार ११ बजेदेखी मैत्री एफएममा अन्तिम अडिसन हुदैछ । जसबाट १५ जना बालबालीकाहरु छनौट गरिने आयोजकका प्रमुख तथा प्रज्ञ संगीतकार शान्तिराम राईले बताए । छनौट भएका बालबालीकाहरुको मंसिर अन्तिम साता फोटोसुट गरिनेछ । त्यसपछी प्यारेन्टस मिटिङ, मिडिया, प्रेसमिट सोसियल टास्क पुस २५देखी प्रतिस्पर्धी बालबालीकाहरुका लागी नियमित १५ दिने ट्रेनिङ हुनेछ ।
त्यसपछि माघ १० गतेको दिन कमलादी स्थित प्रज्ञा–प्रतिस्ठान भवनमा ग्राण्ड फिनाली हुने आयोजक प्रमुख शान्तिराम राईले बताए । ग्राण्ड फिनालीमा २५ भन्दा बढी सवटाइटल प्रद्धान गरिनेछ । प्रथम हुनेलाई क्यास नगद ५० हजार सहित ट्रफि, विधिन्न गिफ्ट ह्याम्पर, प्रदान गरिनेछ । यस राईजिङ स्टार २०७१को टाइटल स्पन्पन्सर लक्ष्मि स्टिल रहेको छ ।

[gss ids=”6476,6478,6479,6480,6481″]

प्रतिक्रिया