Bisal Chautari Logo

‘करले प्यार करले’को म्युजिक लञ्चमा करिस्मा आईन्,करिना गायब

- ४ पुष २०७०, बिहीबार ०९:५३ मा प्रकाशित


मुम्बई : अभिनेत्री करीना कपुर पछिल्लो बिबाहपछि निकै व्यास्त देखिएकि छिन् । चलचित्र ‘करले प्यार करले’को म्युजिक लञ्चमा अभिनेत्री करिस्मा कपुर र बहिनी करीनालाईपनि बोलाईएको थियो । तर यस म्युजिक लञ्चमा अभिनेत्री करिस्मा उपस्थित भएपनि उनकी बहिनी करिना भने उपस्थित भईनन् ।
मुम्बईमा चलचित्र ‘करले प्यार करले’को म्युजिक लञ्चमा चलचित्रका नया कलाकारहरु शिव दर्शन र हसलीन कोरले दुबै दिदीबहिनीले सहयोग गर्नको लागिपनि बोलाएका थिए । दुबै कपुर दिदी बहिनीले यस इन्भाईटमा अउने बाधा गरेपनि अभिनेत्री करिस्माले मात्र सो वाधा पुरा गरेकी छिन्, तर करनाले भने सो बाधा पुरा गर्न सकिनन् । चलचित्र ‘करले प्यार करले’लाई कलाकार सुनील दर्शनले निर्माण गरेका हुन् । अभिनेत्री करिस्मालाई बलिउडमा सबैभन्दा पहिला सुनिलले नै ब्रेक दिएका थिए ।
चलचित्रका अभिनेताको रुपमा डेब्यु गरेका शिव चलचित्रका निर्माता सुनिलका छोरा हुन् भने चलचित्रकी अभिनेत्री हसअलीन मिस इन्डिया अर्थ २०११ की बिजेता हुन् । 
watch this bisal chautari youtube video

प्रतिक्रिया