Bisal Chautari Logo

सबिर ‘तथास्तु’को प्रोमोशनमा ब्यास्त

- ३ मंसिर २०७१, बुधबार १३:२३ मा प्रकाशित


Shabir Shrestha Nepali Movie TathastuShabir Shrestha Nepali Movie Tathastu
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर ३ बुधबार । ‘कसले चोऱ्यो मेरो मन’ र ‘काली’ जस्ता व्यावसायिक सफल फिल्महरु निर्देशन गरेका सविर श्रेष्ठले फिल्म ‘तथास्तु’ निर्माण गरेका छन् । रामहरी धितालसाग लगानी साझेदारी रहेको सविरको ‘तथास्तु’ आउादो पुष २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउादैछ ।
व्यावसायिक सफल निर्देशक सविर सफल निर्माताको पनि परिचय थप्न चाहान्छन् । त्यसैले प्रदर्शनको दुई महिना अगावै सविरले ‘तथास्तु’ को प्रचार प्रसारलाई व्यापक बनाएका छन् । प्रचार प्रसारको सुरुवाती चरणमा सविरले आफ्नो फिल्मलाई टेलिभिजन च्यानलमा जोड दिएका छन् । हालको एक महिना अगावै फिल्ममा समावेश ‘कहिले माया स्याड फेस कहिले माया ब्याड फेस’ बोलको गीत सार्वजनिक गरेर दर्शक तथा श्रोताको ध्यान खिच्न सफल सविर केही दिन पहिले फिल्मको टोली नै लिएर एक टेलिभिजन कार्यक्रममा पुगे ।
लगानीमा सहकार्य गर्ने रामहरी धिताल, अभिनेता किशोर खतिवडा र कलाकार किरण थापाको साथमा निर्देशक एवं निर्माता श्रेष्ठ हिमालय टेलिभिजनबाट प्रत्येक मंगलबार ८ देखि ९ बजेसम्म प्रशारण हुने कार्यक्रम ‘फिल्मी चेक पोष्ट’ मा पुगेका थिए । कलाकारद्धय राजाराम पौडेल र अरुणा कार्कीले प्रश्न गर्ने कार्यक्रम ‘फिल्मी चेक पोष्ट’ मा सविरको टोलीले ‘तथास्तु’ को कथावस्तु, गीत संगीत लगायत विषयमा बहस गरेको थियो । ‘तथास्तु’ को टोलीसाग गरिएको ‘फिल्मी चेक पोष्ट’ को बहस दुई सातापछि प्रशारण हुनेछ ।
सविरको ‘तथास्तु’ मा अभिनेत्री रेखा थापाको मुख्य भूमिका छ । साथमा किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशी छन् । फिल्मको पटकथा एवं संवाद जगदिश्वर थापाको हो । बाबु श्रेष्ठको छायााकन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत तथा राजमी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन छ । द्धन्द्ध निर्देशन रोशन श्रेष्ठले गरेका छन् । नारी प्रधान एक्सन शैलीको ‘तथास्तु’ को यतिबेला चक्रपथस्थित किन्डल रेड स्टुडियोमा पोष्ट प्रोडक्सनको कार्य भैरहेको छ ।

प्रतिक्रिया