Bisal Chautari Logo

मिनको ‘सिम्बोल’ बजारमा

- ५ पुष २०७०, शुक्रबार ०१:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ ५ पुस । तनहुँमा जन्मिएका गायक मिन गुरुङ आफ्नो पहिलो एल्बम ‘सिम्बोल’का गीतसंगीतले श्रोताकोे माया पाएपछि खुशी छन् । एल्बममा समावेश ५ गीत मध्ये ‘प्रेम हो कि या हो सजाँय’ बोलको गीत अहिले चर्चामा छ । आफ्नो पहिलो एल्बमबाट नै राम्रो प्रतिक्रिया पाएपछि गुरुङ दंग परेका हुन् । एल्बमको बारेमा कुरा गर्दै उनले भने, ‘आधुनिक र लोक पप गीतलाई प्राथमिकता दिएको छु ।’ यो एल्बममा शंकर थापा, इन्द्रराज परियार र उत्तम थापाको संगीत छ । एल्बममा समावेश गीतमा डीपी खनाल, केबल घर्ती, सिमा थापा र उत्तम थापाले शब्द कोरेका छन् ।
‘एल्बम बजारमा आएको करिब ३ महिनामै श्रोताहरुले मन पराइदिनु भएको छ । आफ्नो कामले सफलता पाएकोमा खुशी छु’, उनले भने । यसअघि एक कलेक्शन एल्बममा २ वटा गीत उनले गाइसकेका थिए । ४ बर्षको म्यूजिक अध्ययन पश्चात उनले एल्बम बजारमा ल्याएका हुन् । यसैबिच एल्बममा समावेश ‘लाउनु है माया’ बोलको गीतको भिडियोको छायांकन अमेरिकामा गरिएको छ । यो भिडियो एक साता भित्र नै बजारमा आउने जानकारी गायक मिनले अनलाइनखबरलाई गराएका छन् ।

प्रतिक्रिया