Bisal Chautari Logo

खुल्ला मञ्चमा साकेलाले भरिभराउ (फोटो फिचर सहित)

- ६ पुष २०७०, शनिबार १३:५७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, ६ पुस ।
किरात राई समुदायहरुको महान चाड साकेला उधौली पर्व काठमाडौको टुडिखेल स्थित शनिवार भव्यताका साथ सम्पन्न भएको छ । गत शनिवार ललितपुरको नखिपोटबाट सुरु भएको साकेला एक हप्तापछि टुडिखेलमा मनाइएको हो ।
हरेक वर्ष साकेलाको लोकप्रियता बढिरहेको समयमा यस वर्षको उधौली साकेला पर्वमा अगाडीका वर्षहरुमा भन्दा बढि मानिसहरुको संख्यापनि रहेको थियो । किरात समुदायका विभिन्न पाछाहरु मात्र नभई अन्य समुदायका मानिसहरुकोपनि उल्लेख्य संख्या रहेको थियो । अन्य समुदायलेपनि साकेला पर्वलाई पछिल्लो समयमा नाच्दै गरेको देख्न सकिन्थ्यो । लोप हुदै गईरहेको किराति भेष भुषालाई नव पुस्ताहरुलेपनि पछिल्ला वर्षहरुमा लगायएको पाइयो । आयोजकको फितलो व्यावस्थापन भएपनि साकेला भव्य र सभ्य किसिमले सकियो । हरेक वर्ष साकेलामा झगडाको क्रमपनि रोकिएको छ । बढि भन्दाबढि मादक पदार्थ खाएर झगडा गर्नेहरुको संख्या यस वर्षको साकेलामा देखिएन । यसैवर्षदेखिको साकेलामा कलाकारहरुकोपनि उपस्थिति निकै बाक्लो थियो । साकेलालाई भव्यताका साथ सफल पार्नका लागि कलाकारहरु निकै सकृय थिए । करिव ११ बजेबाट सुरु भएको साकेला बेलुकी ५ बजे सम्म चलेको थियो ।
फोटो फिचर 

प्रतिक्रिया