Bisal Chautari Logo

मनुताको पहिलो ‘आवाज’ नेपाली संगीत बजारमा

- २ मंसिर २०७१, मंगलवार ०६:२३ मा प्रकाशित


manuta kambang albam aawaj
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर २ मंगलबार । करिव सात वर्षदेखी मिडिया क्षेत्रमा आवद्ध रहेकी मनुता काम्वाङ लिम्बुको पहिलो डेब्यु एल्बम ‘आवाज’ बजारमा आएको छ । पत्रकारदेखी गायिकाको समेत उपनाम थपेकी मनुताको पहिलो एल्बम आवाजको हिजो काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको थियो । manuta kambang albam aawaj
एल्बमको विमोचन महिला अधिकारकर्मी समाजसेवी तथा शक्ति समुह नेपालकी निवर्तमान अध्यक्ष चरीमाया तामाङ, पुर्व मिस मंगोल मुुस्कान नेम्वाङ एल्बमका गायक, गायिका, संगीतकार तथा रचनाकारले विमोचन गरेका थिए । गायिका मनुताले म्युजिकको औपचारीक शिक्षा नवरथ संगीत पाठशालामा संगीत गुरु डेनी निरौलासंग लिएपछी एल्बम ल्याएकी हुन् ।
एल्बममा सुन्ने थियो, यो यात्रा, टाढा टाढा, किन किन, नसालु त्यो नजरले, आएन कहिले बोलको गीतहरु समावेश गरिएको छ । ६ गीत समावेश गरिएको एल्बममा टाढा टाढा र शुन्य थियो बोलको दुई गीतको म्युजिक भिडियोपनि बजारमा ल्याइसकेकी छिन् । दुबै गीतको म्युजिक भिडियो युगल पोमोले निर्देशन गरेका हुन् । यी दुई गीतहरुमा दिया मास्के, पुजन राई र मुस्कान नेम्बाङले अभिनय गरेका छन् ।
रुवुशा क्रिएटिभ वर्कसले बजारमा ल्याएको एल्बममा राहुल प्रधान, डेनी निरौला र ताराप्रकाश लिम्बुको कम्पोज रहेको छ, भने मिना सिंगक, लिला श्रेष्ठ र उषा जवेगुको शब्द रहेको छ । एल्बमका डोयट गीतहरुमा फिचरीङ गर्न पछिल्लो समयका निकै ब्यास्त गायक उत्तमजंग लिम्बुले साथ दिएका छन् ।

[gss ids=”6416,6414,6415,6413″]

प्रतिक्रिया