Bisal Chautari Logo

कान्छी मट्याङ ट्याङको ट्रेलर सहित गीत सार्वजनिक, दर्शक हास्लान् त ?

- १ मंसिर २०७१, सोमबार १४:१३ मा प्रकाशित


kanchi matyang tyang nepali moviekanchi matyang tyang nepali movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर १ सोमबार । कमेडि प्रधानको चलचित्र कान्छी मट्याङ ट्याङ मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । आज काठमाण्डौको बागबजार स्थीत सिटि म्याक्स हलमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रको २ गीत र एक ट्रेलर सार्वजनिकसागै प्रदर्शन मिति पनि घोषणा गरियो । हास्य कलाकार पुरन थापाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा जयकिशन बस्नेत, लक्ष्मी गिरी, राजाराम पौडेल, पुरन थापाको साथमा नव कलाकार सारिका केसीको अभिनय छ ।
कार्यक्रममा बोल्दै निर्देशक तथा लेखक पुरन थापाले चलचित्र नारी प्रधान बिषयमा बनेको जानकारी दिए । कलाकार राजराम पौडेलले पुरनमा कमेडीको सेन्स धेरै नै भएको भन्दै चलचित्र राम्रो बनेको बताए । कलाकार जयकिशन बस्नेतले चलचित्रले दर्शकलाई मनोरञ्जन दिदै सन्देश पनि पस्कने बताए । चलचित्रमा कलाकारद्धय गजित बिष्ट र अनु शाह अतिथी भूमिकामा छन् । चलचित्रमा टंक बुढाथोकी र विकास चौधरीले संगीत भरेका छन् ।

प्रतिक्रिया