Bisal Chautari Logo

मंसिर १५मा हुने ‘कामना अवार्ड २०७१’

- १ मंसिर २०७१, सोमबार १३:३२ मा प्रकाशित


kamana film award 2071
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, मंसिर १ सोमबार । लामो समयदेखि प्रतीक्षा गरिएको सिजी कामना फिल्म अवार्ड २०७१ कामना मासिकको ३१ औं वार्षिकोत्सवको दिन पारेर आगामी मंसिर १५ गते सोमबार राजधानीमा आयोजना गरिने भएको छ । नेपाली चलचित्रको उत्थान र विकासका निम्ति पत्रकारितामार्फत योगदान पुर्‍याउादै आएको कामना फिल्म मासिकले तीन दशक लामो यात्रा पार गरेपछि सिजी इन्टरटेनमेन्टको सहकार्यमा पहिलोपटक भव्यताकासाथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो । अवार्ड समारोह भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ ।kamana-film award 2071
चलचित्र क्षेत्रकै कलाकर्मी तथा चलचित्रकर्मीहरुले निष्पक्षरुपमा अन्तर्राष्ट्रियस्तरको फिल्मी अवार्ड आयोजना गर्न दिादै आएको सुझावलाई मनन गर्दै कामनाले २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्मलाई सामेल गरी यसै वर्षबाट अवार्ड कार्यक्रम आरम्भ गर्न लागेको हो । कला क्षेत्रबाटै कामना प्रकाशनलाई यस आयोजनाका लागि निरन्तर प्रोत्साहित भइरहेका कारण यो आयोजना नेपालीचलचित्र उद्योगका लागि मात्र नभई सम्पूर्ण कलाक्षेत्रकै कुम्भ मेला हुने अनुमानगरिएको छ ।
नेपाली फिल्म जगत्को गुणात्मक विकास तथा अन्तर्राष्ट्रियरुपमा फिल्मकर्मीहरुको ख्याति वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सीजी कामना फिल्म अवार्ड्स २०७१ साग नेपाली मनोरञ्जन क्षेत्रमा बहुप्रतिष्ठित सिजी इन्टरटेनमेन्टको सहकार्यले अवार्ड अझै स्तरीय हुने अपेक्षा प्रधान सम्पादक श्रेष्ठले गरेका छन् । प्रधान सम्पादक श्रेष्ठले नेपाली चलचित्र उद्योगको गुणात्मक विकास, चलचित्रकर्मीको उचित सम्मान र नयाा प्रतिभालाई प्रोत्साहित गर्दै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न अवार्डको थालनी गर्न लागेको दोहोर्‍याएका छन् ।
त्यसै गरी सिजी इन्टरटेनमेन्टका अध्यक्ष तथा प्रतिष्ठित उद्योगपति एवं साहित्यकार वसन्त चौधरीले कामना फिल्म अवार्डसाग जोडिनु आफ्नो र आफ्नो कम्पनीका लागि गौरवसागै सुखद पक्ष रहेको दोहोर्‍याएका छन् । यो सहकार्यले सम्मानजनक यस थालनीलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन् । निश्पक्षता, पारदर्शीता र उत्कृष्टताले नै यो अवार्ड नेपालीफिल्म क्षेत्रको महाउत्सव हुने उनको भनाई छ । सीजी इन्टरटेनमेन्ट र कामना सिने मासिकको प्रकाशन गृह कामना न्यूजपब्लिकेसन्स्बिच ५ वर्षसम्म अवार्ड आयोजना गर्ने गरी सम्झौता भएको छ ।
सीजी कामना फिल्म अवार्ड्स २०७१ लाई प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धीरुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ । कामनाले ३१ वर्षको यात्रा पुरा गरेको अवसरमा कुल ३१ विधामा प्रदान गरिने अवार्ड समारोहमा यसै क्षेत्रमा जीवन बिताउने कलासाधकलाई १ लाख रुपियाा नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) २०७१ बाट सम्मानित गरिने भएको छ । अवार्ड समारोह अत्याधुनिक तथा उच्चतम प्रविधीको प्रकाश व्यबस्था र ध्वनि प्रणालीका साथ सम्पन्न हुने र यसको तयारी दु्रत गतिमा चलिरहेको कामनाका सम्पादक तथा अवार्ड आयोजक समितिका सदस्य विदुर गिरीले जानकारी गराएका छन् ।

प्रतिक्रिया