Bisal Chautari Logo

रेजी मिस इकलेज २०१३ का प्रतियोगीहरुले देखाए आ–आफ्नो प्रतिभा

- ८ पुष २०७०, सोमबार १६:१० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ, ७ पुस ।
सिजन मिडियाद्धारा आयोजीत यामाहा रेजी स्कुटर मिस इकलेज २०१३ चौथो संस्करणमा सहभागी प्रतियोगीहरुले काठमाण्डौको कमलपोखरी स्थित मार्कोपोलो होटलमा आ–आफ्नो आन्तरीक प्रतिभा प्रर्दशन गरे ।
उक्त कार्यकममा प्रज्ञा लामिछाने ,गायत्री खत्रि, मिना वास्कोटा, सितल कार्कीले नेपाली गितमा नृत्य प्रस्तुत गरिन भने पार्वती श्रेष्ठ, श्रृखला जोशी अनीसा पौड्यालले नेपाली गित गाएकी थिइन । त्यस्तै श्रेर्या श्रेष्ठले ओसानी सानी भन्ने रिमीक्स गितमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन भने सोभा थापाले विकलाङ्गताको बारेमा आफ्नो विचार प्रस्तुत गरेकी थिइन । अन्य प्रतीयोगीहरु रविना मैनाली  नेहा पोखरेल विनीसा श्रेष्ठले पनि नृत्य प्रस्तुत गरीन भने नेपाली गित डाफेझै नाच्ने हिमालझै हास्ने नेपालकी छोरा हो म भन्ने गितमा नाचेकी थिइन साथै जारा मर्हजन  अनिता लामा सरु केसी नम्रता वलामी साथै एरीना केसीले पनि नेपाली कल्चरल गितमा छम छमी नाची दशर्एलाई मोहीत पारेका थिइ भने अनिता श्रेष्ठले कविता वाचन गरेकी थिइन । उक्त प्रतियोगीतामा प्रतियोगीहरु सवैलाले एकले अर्कालाई मुल्याङ्कन सहित नम्मर प्रदान गरेका थिए । उक्त प्रतियोगीताको अन्तिम प्रतियोगीता आगामी पौष १० गते बुधवार । राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुनेछ र विजेताले यामाहा रेजी स्कुटर साथै एकवर्ष सम्मको फुल छात्रावृति तथा विभिन्न गिफ्ट ह्याम्पर पाउनेछिन भने अन्य विजेताले मोवाइल फोन छात्रावृतितथा गिफ्ट ह्याम्परहरु पाउनेछन भने अन्य विभिन्न विदाका गरेर जम्मा सत्रवटा अर्वाड प्रदान गरीने आयोजकले बताएको छ ।
watch this video add

प्रतिक्रिया