Bisal Chautari Logo

हमजाएगा सबै दर्शकका लागी, सिनेमा हेर्दा सेन्सर बोडैका सबैजना पेट मिचिमिचि हासे

- २७ कार्तिक २०७१, बिहीबार १२:३५ मा प्रकाशित


Humjayega nepali movie newsHumjayega (Nepali Movie)- Official Trailer (2)
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २७ बिहिबार । यही मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हमजाएगा’लाई चलचित्र सेन्सर बोर्डले यूनिभर्सल सटिफिर्केट प्रद्धान गरेको छ । कमेडी प्रधारनमा रहेको यो चलचित्रलाई अब सबै उमेर समुहका दर्शकहरुले हेर्न सक्नेछन् ।
सुरेन्द्र पुनको निर्देशनमा तयार भएको यो चलचित्रलाई भोजबहादुर गुरुङले प्रस्तुत गरेका हुन् । प्रस्तुतकर्ता भोजबहादुरले बताए अनुसार चलचित्र सेन्सर बोर्डले सिनेमा हेर्ने क्रममा सबैजना सदश्यहरु पेट मिचिमिची हासेका थिए । कमेडी चलचित्रमा बाबु बोगटी, विल्सन विक्रम राई लगायतका कलाकारले अभिनय रहेको छ । दार्जलिङका चचिर्त बस चालक हमजाएगाको नाम सापटी लिएर तयार पारिएको यो चलचित्रले कमेडी कथा भनेको छ । चलचित्रमा अभिनेता विल्सनको कमेडी पाटोले दर्शक हसाउने चलचित्र युनिटको अपेक्षा रहेको छ ।

प्रतिक्रिया