Bisal Chautari Logo

‘फागुनमा बिहे पक्का हुने rajesh hamal को प्रतिवद्धता

- ९ पुष २०७०, मंगलवार १६:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ९ पुस ।
महा–अभिनेता राजेश हमाल बिबाहका कारण जुनसुकै समयमापनि मिडियामा छाईरहने गरेका छन् । बिबाह गर्ने भनेर केहि वर्ष अगाडिदेखी चर्चामा रहदै आएका अभिनेता महानायकले बिबाह भने गरिहालेका छैनन् ।बारम्वार बिबाहको मिति तोक्दै फेदै गरिरहेका अभिनेता राजेश हमालले यस वर्ष गर्ने भनिएको बिबाहपनि टर्न लागेको छ । यस वर्षको पौष महिना लागिसक्दा पनि बिबाहको कुनै सुरसार छैनन् । यसैले पनि उनको बिहेको बिषयमा धेरै थरिका तर्कहरु सुरु भएका छन् । हमालका फ्यानहरु पनि बिबाहको मिति फेरीरहेकाले निराश हँुदै गएका छन् । तर अभिनेता हमालले काठमाडौमा एक एल्बम विमोचनको क्रममा बोल्दै फाल्गुन महिनामा बिहे हुने विश्वास दिलाएका छन् । अभिनेता हमालले मधुको परिवारमा केही दुखद घटना भएकाले पनि एक महिना बिहे पछि सरेको बताए । सबै तयारी भित्री रुपमा भइरहेको र फाल्गनुमा बिहेको दिन समेत पक्का हुने अभिनेता हमालको तर्क रहेको छ । हमालले तामझामका साथ बिहे नगर्ने दोहोर्‍याएका छन् । अभिनेता हमाललाई सन्तानमा छोरा या छोरी जे भएपनि आफूलाई केही फरक नपर्ने तर्क दिएका छन् ।

प्रतिक्रिया