Bisal Chautari Logo

सञ्चारकर्मी र चलचित्रकर्मीले हेरे ‘एउटा साथी’ (फोटो फिचर सहित)

- २३ कार्तिक २०७१, आईतवार १४:१३ मा प्रकाशित


Nepali Movie EUTA SATHI press show
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २३ आइतबार । नेपाली चलचित्र क्षेत्रमा निकै लामो समयदेखी कलम चलाउदै आएका रङ पत्रकार लक्ष्मण सुवेदीको डेब्यु निर्देशनमा रहेको चलचित्र ‘एउटा साथी’ सञ्चारकर्मी तथा चलचित्रकर्मीले हेरेका छन् । आज बिहान काठमाडौ बागबजार स्थित सिटीम्याक्स हलमा ९ बजेको शोमा सिनेमा देखाइएको हो । Nepali Movie EUTA SATHI press show
चलचित्र हेरीसकेपछि प्राय सञ्चारकर्मीले निर्देशक सुवेदीलाई बधाई दिदै सिनेमा मनोरञ्जनात्मक बनेको प्रतिकृया दिए । चलचित्रले जिवनमा रहेक मानिसको एउटा साथी र अतित हुने तर बर्तमानमा जिवन जिउन सिक्नपर्ने सन्देश दिएको छ । यही सन्देशको वरीपरी घुमेको सिनेमामा हासो र रोदनको समिश्रण रहेको छ । यो चलचित्र कातिर्क २१ बाट प्रदर्शनरत छ । उपत्यकामा २५ र मोफसलमा ३५ भन्दा बढी हलबाट प्रदर्शनमा आएको छ ।
त्यस्तै चलचित्र हेर्न सिनेमाका अभिनेत्री रिस्ता बस्नेत र जोन तामाङ उपस्थित थिए । सिनेमा हेर्न आउने चलचित्रकर्मीहरुमा भने अभिनेता तथा निर्देशक आकाश अधिकारी, गजित बिष्ट, सुबास थापा लगायतको उपस्थित रहेको थियो ।
चलचित्रमा सलोन बस्नेत , रिश्ता बस्नेत , अनु शाह , जोन तामाङ , करिष्मा श्रेष्ठ, शिशिर भण्डारी लगायतको अभिनय रहेको छ । चलचित्र ‘एउटा साथी’ लाई राम कुमार खनालले निर्माण गरेका हुन् ।

[gss ids=”6285,6287,6283,6286,6288,6284″]

Euta Sathi Theatrical Trailer Nepali Movie | Salon Basnet | Rishta Basnet | Anu Shah | John Tamang

प्रतिक्रिया