Bisal Chautari Logo

‘मिसेस यूनिभर्स’ क्यारोल नेपाल आउने

- ११ पुष २०७०, बिहीबार ०९:४३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ११ पुस । इभेन्ट म्यानेजमेन्ट संस्था इप्लानेटले आयोजना गर्दै आएको  ‘मिसेज नेपाल’को फाईनलमा मिसेज युनिभर्स २०१३ विजेता क्यारोल लि आउने भएकि छिन् । ‘मिसेज नेपाल’को तेश्रो संस्करणमा ‘मिसेस युनिभर्स’ विजेता क्यारोलले ‘मिसेज नेपाल युनिभर्स’ विजेतालाई ताज पहिर्‍याउन नेपाल आउने भएकी हुन् ।
बिजेता क्यारोल लि आगामी फेब्रुअरी २० मा ३ दिनका लागि नेपाल आउन लागेको नेपाल आयोजक संस्था इप्लानेटले बताएको छ । तीन दिने नेपाल बसाइका क्रममा क्यारोलले रक्षा नेपालमा आश्रीत बालबालिकाहरुलाई भेट्ने कार्यक्रमपनि रहेको छ । यस्तै उनले मिसेस नेपालका प्रतिस्पर्धीलाई घरेलु हिंसाविरुद्ध एक घन्टा प्रशिक्षण दिनेपनि आयोजकले बताएको छ । क्यारोलले ‘मिस युनिभर्स २०१३’ मा शीर्ष उपाधिसहित मिस पपुलर स्पेसल अवार्ड जितेकी थिईन् । यो बाहेक उनी मिसेस मलेशिया युनिभर्स २०१३, पूर्व मिस मलेशिया, पार्क रोयल होटल इम्प्लोयी अफ द इयर १९९३, पार्करोयल होटल सेन्ट्रक, अवार्ड फर कर्टसी १९९३ जस्ता विजेता र सम्मानबाट सम्मानित भइसकेकी छिन् ।
इभेन्ट म्यानेजमेन्ट संस्था इप्लानेटले यस वर्षको फेब्रुअरीमा चार हप्ता लगातार कार्यक्रम गरी इतिहास रच्ने तयारी गर्दैछ । यो पटक कार्यक्रममा नयाँ प्रयोग गर्न लागिएको छ । जस अन्तर्गत नेपालमा हुँदै आएका करिब दुई सय सौन्दर्य प्रतियोगितालाई चुनौति दिँदै पृथक ढंगले केही नयाँ र पृथक प्रस्तुतिको तयारी भइरहेको आयोजकले जनाएको छ ।
watch this bisal chautari youtube video

प्रतिक्रिया