Bisal Chautari Logo

बाल्यकालको रुची पुरा गर्दै प्रियंका अब एल्बम निकाल्ने तयारीमा

- २२ कार्तिक २०७१, शनिबार १७:२२ मा प्रकाशित


Priyanka Karki music albam
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २२ शनिबार । बलिउडमा अभिनेत्री प्रियंका चोपडा अभिनय हुदै हलिउड साङगीतिक यात्रा सम्म सफल रहेका छन् । यस्तै नेपाली चलचित्र क्षेत्रमापनि अभिनेत्री प्रियंका कार्की अभिनयमा चर्चा कमाउदै गायनमापनि जम्ने प्रयासमा रहेका छन् । Priyanka-Karki-music-albam (1)
केहि महिना अगाडी प्रदर्शनमा आएको चलचित्र ‘आवरण’को टाइटल गीत निकै चर्चामा थियो । गीतले अभिनेत्री प्रियंका कार्कीले गाएको कारण चर्चा प्राप्त भएको हो । प्रियंकाले स्वर दिएको यो पहिलो गीत थियो । अभिनेत्री प्रियंकाले गाएको सो गीतलाई करिव ३ लाख दर्शकहरुले हेरीसकेका छन् । सानै देखि गायनमा रुची भएता पनि यसलाई निरन्तरता दिन नसकेको प्रियंकाले बताइन । भनिन्– ‘सानो छदा पढाइमै व्यस्त भए त्यसपश्चात अभिनयमा त्यसकारण पनि संगीतलाई निरन्तरता दिन सकिन । सानोमा गीतसंगीतको क्लास समेत लिएको थिए ।’
अब प्रियंकाको परिचय अभिनेत्रीमा मात्र सिमित नभई गायनमा पनि थपिने भएको छ । आवरणमा छोपिएको सत्यु बोलको गीत गाउदै गायिका बनेकी प्रियंकाले आफ्नै स्वरमा एउटा सोलो एल्बम निकाल्ने तयारि गरिरहेकी छिन । हाल सम्म नाम नजुराइएको यस एल्बममा ८ वटा गीत रहनेछ । किन त गायनतिर भन्ने प्रश्नमा प्रियंका भन्छिन– ‘म सानै देखि संगीत प्रति आकर्षित हुन्थे र सिकेको पनि हो, सबैले मलाइ राम्रो गीत गाउछौ भन्नु हुन्थ्यो । आवरणको गीतलाई सबैले मन पराएसी मैले गर्न सक्छु जस्तो लग्यो र एल्बम निकाल्ने सुरमा छु ।’ प्रियंकाले अब आउने हप्ता रेन्ज स्टुडियोमा स्वतन्त्र बोलको गीत रेकर्ड गराउदैछिन । यस गीतमा शब्द र संगीत शैलेश श्रेष्ठ र शैलेन्ऽ सिंहको रहनेछ । गीतको बारेमा बोल्दै प्रियंका भन्छिन– ‘आफुसंग भएका हरेक इक्षा पुरा गर्नु पर्छ तर मेहनत र इमान्दारीताक साथ लाग्नुपर्छ । प्रियंकाको स्वर रहेको एल्बममा अब बिस्तारै भिडियो पनि ८ वटै गीतको बनाएपछी भिडियो एल्बम बजारमा ल्याउछुु’ प्रियंकाले एल्बम योजना सुनाइन ।

प्रतिक्रिया