Bisal Chautari Logo

गीति एल्बम ‘नजर’को बिक्रीबाट गाउ विकासमा सात लाख बढी रकम हस्तान्तरण

- २२ कार्तिक २०७१, शनिबार १४:४३ मा प्रकाशित


Rajesh Thapa and Padma Linkha Magar NAJAR Album 7 Lakh rupees handover
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २२ शनिबार । गीतकार पद्मा लिंखा मगरको पहिलो गीति एल्बम तथा राजेश थापाको संगीतमा बजारमा आएको ‘नजर’ एल्बमको बिक्रीवितरणबाट संकलित रकम झुम्लावाङ गाउा संस्थापना (जेभीएफ)लाई हस्तान्तरण गरिएको छ ।Rajesh Thapa and Padma Linkha Magar NAJAR Album 7 Lakh rupees handover
निष्ठा म्युजिकले राजधानीको काठमाडौं मलस्थित थिएटर मलमा आज आयोजना गरेको कार्यक्रममा राष्ट्रगान सर्जक व्याकुल माइलाले जेभीएफका कन्ट्री कोअर्डिनेटर पूर्णबहादुर बुढा मगरलाई सहयोग रकमवापतको चेक हस्तान्तरण गरे । जेभीएफकै कामको सिलसिलामा बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका मगर वैशाखी टेकेर रकम हस्तान्तरण कार्यक्रममा उपस्थित थिए । एक वर्षको अवधिमा गीति एल्बम बेचेर ७ लाख १३ हजार २ सय ५० रुपैयाा हस्तान्तरण गरिएको हो ।Rajesh Thapa and Padma Linkha Magar NAJAR Album 7 Lakh rupees handover-1
जेभीएफले रुकुम जिल्लाको झुम्लावाङलाई दिगो विकासको क्षेत्रमा ‘नमुना गाउा’ बनाउनका लागि शिक्षा, स्वास्थ्य, सामाजिक–सांस्कृतिक तथा आर्थिक विकासको क्षेत्रमा स्वदेशी/विदेशी स्वयंसेवकको सहकार्यबाट विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । आफ्नो गाउा–समाजको विकासका लागि सरकार तथा दातृसंस्थाको मात्रै मुख ताकेर बसे अझै दशकौं कुर्नुपर्ने मात्रै होइन, यसले व्यक्तिगत तथा समग्र समाजलाई नै परनिर्भर बनाउाछ भन्ने निष्कर्षका साथ झुम्लावाङमार्फत सकारात्मक सन्देश प्रवाह गर्न लागिपरेको जेभीएफले जनाएको छ ।
निष्ठा म्युजिकले उत्पादन तथा बजार व्यवस्थापन गरेको यस एल्बममा राजेश थापाको सोलो संगीत छ । सर्जकका तर्फबाट कार्यक्रममा बोल्दै संगीतकार थापाले ‘नजर’ एल्बमको माध्यमबाट गाउाको विकासमा टेवा पुग्नुका साथै आफ्नो सांगीतिक करिअरमा पनि ठूलो फड्को भएको सुनाए । एल्बमका गीतहरुमा संगीता राना, उदय सोताङ, राजेशपायल राई, रिमा गुरुङ होडा, स्वरुपराज आचार्य, अञ्जु पन्त र दीपक लिम्बूको स्वर समेटिएको छ ।
आज हस्तान्तरित रकम जेभीएफद्वारा निर्माणाधीन झुम्लावाङ सामुदायिक स्वास्थ्य केन्द्रको कोषमा जाने जेभीएफको असिस्टेन्ट इन्टरनेसनल कोअर्डिनेटर कला कोयूले बताइन् । ‘प्राथमिक उपचार सेवा दिन नियुक्त दुई कर्मचारीलाई यस रकमबाट पारिश्रमिक दिइनेछ’, कार्यक्रम संयोजक सचित राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०६७ कात्तिकमा स्वास्थ्य केन्द्रको भवन निर्माण सुरुआत गरिएकोमा २०६८ भदौमा पहिलो चरणको काम सम्पन्न भएको थियो । ३३ लाख ९७ हजार रुपैयाा कुल लागतमध्ये १३ लाखबराबरको जनश्रमदान गरिएको छ । यसमा सहयात्री संस्था फ्रान्सको पार्टेज एट सोइनले १९ लाख, जिल्ला विकास समिति, रूकुमबाट १ लाख ९७ हजार रुपैयाा सहयोग प्राप्त भएको छ । २०६९ कात्तिकदेखि प्राथमिक उपचार सेवा प्रारम्भ गरिएकोमा तीन वर्षभित्र दोस्रो चरणको भवन निर्माण सम्पन्न गरी १० वर्षभित्र १५ शय्याको अस्पताल निर्माण तथा सञ्चालनका लागि पूर्वाधार तयार गर्ने लक्ष्य छ ।’
आजको कार्यक्रम निष्ठा म्युजिकका प्रबन्ध निर्देशक नानुकला राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कला कोयूले झुम्लावाङ र जेभीएफका बारेमा पावरपोइन्टबाट प्रस्तुति दिएकी थिइन् । राष्ट्रगान सर्जक माइलाले गाउाको विकासका लागि लागिपरेकोमा गीतकार पद्माका साथै जेभीएफका कार्यको सराहना गरेका थिए ।

Rajesh Thapa and Padma Linkha Magar NAJAR Album 7 Lakh rupees handover
Album : NAJAR
Geet Ko Bol: Timro Muhar Heri Sadhai
Lyrics : Padma Linkha Magar
Music : Rajesh Thapa
Vocal : Anju Pant

Arranger : Amos Tamang
Recordist : Sajan Shah
Recording Studio : A One Musician Studio, Kathmandu

प्रतिक्रिया