Bisal Chautari Logo

गोविन्दले आफ्नो ३४ औ जन्मदिनको अवसरमा ‘आभाष’ रिलिज र पोस्टर सार्वजनिक गरे

- २२ कार्तिक २०७१, शनिबार ०४:३३ मा प्रकाशित


gobinda shahi nepali movie avashgobinda shahi nepali movie avash
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २१ शुक्रबार । आफ्नो ३४ औं जन्मदिनको मेसो पारेर निर्माता गोविन्द शाहीले शनिबारदेखि सिनेमा आभाषको पब्लिसिटी थालेका छन् । यही छेकोमा रिलिज मिति र क्यारेक्टर पोस्टर सार्वजनिक गरियो ।
आगामी पुस २५ को चिसोमा सिनेमा देशब्यापी रिलिज हुने वितरक समेत रहेका शाहीले जनाए । उक्त मिति नेपाली पर्व माघे सक्रान्तिको झन्डै साताअघि हो जसको प्रभाव बक्सअफिसमा पर्ने अपेक्षा निर्माताको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्मको जारी क्यारेक्टर पोस्टरमा संयम पुरी र निशा अधिकारी फिचरिङ छन् । यी दुबैजनाले फिल्मभित्र स्क्रिन सेयर गरेका छन् । सलोन बस्नेत, आस्मा डीसी र सुनिल रावलको मुख्य भूमिका चलचित्रमा छ ।
टीनएज लभस्टोरी ड्रामालाई तन्नेरी दर्शकले रुचाउने विश्वास निर्देशक पौडेलले लिए । केही बलिउड सिनेमा र झन्डै ८ नेपाली चलचित्रमा सम्पादनको अनुभव बटुलेका डेब्यु निर्देशक पौडेलले अन्य टीनएज लभस्टोरीभन्दा आभाषलाई भिन्न रुपमा व्याख्या गरे ।
शाही, पवन श्रेष्ठ र दीपक शाही निर्मित फिल्ममा सुजेन्द्र डी कार्की, छेतेन गुरुङ, प्रकाश नेपाली र निर्देशक पौडेलको संगीत तथा सम्पादन छ । पुरुषोत्तम प्रधानको क्यामेरा, गम्भिर विष्टको नृत्य, चन्द्र पन्तको द्धन्द्ध छ ।

प्रतिक्रिया