Bisal Chautari Logo

कालिकाको सबै किसिमका गीत गाउने चाहना

- १२ पुष २०७०, शुक्रबार १०:०८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ११ पुस ।
सात बर्ष अघि उनी काठमाडौ आइन् । बाग्लुङकै मेलापात र पखेरामा रम्दै गाएको दोहोरोके अनुभबलाई ब्यबसायीक रुप दिन काठमाडौ आएकी कालीका रोका यो सात बर्षको अबधीमा लामो पाइला चालन सफल भइन् । यो सात बर्षको अबधीमा उनले १२ वटा एल्बम बजारमा ल्याइन् । केही एल्बलमा आफैले माडलीङ गरीन् भने धेरैमा उनको कर्णप्रीय स्वरले नै चर्चा पायो । १ सय वटा गीतमा त उनले स्वर भरिन् ।
काठमाडौ आए पछिका चार बर्ष उनको दैनीकी दोहोरी साझकी गायीकाको रुपमा नै रह्यो ।  तीन बर्ष हुन थाल्यो उनी ब्यबसायीक गायीका बनेकी । उनले राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्दै आउने क्रममा स्मृती ढुंगानाको राष्ट्रबादी गित सिमा मिच्दा खेरीमा स्वर दिइन् । जुन गीत अत्यन्त चल्यो । त्यस पछि उनले चाहना मोबाइल सेटको र जुनकीरी बजारमा ल्याइन् । यी दुइ एल्बमको सफलता पछि कहिले पनि पछाडी फर्केर हेर्नु परेन ।
२६ बर्षिया रोकाको यो अभियानमा सुन्दर लामाको विशेष भुमिका रह्यो र भन्छिन् ‘ मेरो जिन्दगीमा उहाले गर्नु भएको सहयोगलाई म भुल्न सक्दिन । ’ सुरुवाती दिनमा केह संघर्ष गरे पनि पछिल्लो समय हरेक पल, चाडबाड मनाइदेउ ्  जाउ हिड युकेमा जस्ता एलबमको सफलताल उनीलाई दोहोरी गीतको दुनियामा नया उचाइ दिएको छ । हाल उनी थप केही नया गीत रेकर्डीङमा ब्यस्त छिन् । उनको ब्यस्तता त्यत्तिमा मात्र सिमित छैन । ‘ भबीश्यमा सफल गायीका बन्ने चाहना छ । यसका लागि पाएका हरेक अबसरहरु गुमाउन चाहन्न । ’ हालसम्म चलचीत्रमा गीत नगाए पनि अबसर पाएमा गाउने योजनामा रहेकी कालीका भन्छिन् । ब्यबसायीक दुनियमा प्रबेश गर्ने क्रममा रहेकी उनी आफै पनि केही मिहना पछि दोहोरी साझ चलाउने तरखरमा छिन् । हाल उन िजुनकीरी दोहोरी साझमा स्वर दिइरहेकी छिन् । उनी अगाडी भन्छिन् ‘ गीत गाएर जिन्दगीमा  महत्वपूर्ण दिनहरु समपर्ण गरे । केही पाएको पनि छु । अब अझ भीन्न रुपमा प्रश्तत हुन चाहन्छु । ’स्वरलाई अझ निखार्ने र गीतका हरेक शैलीका बारे थप जानकारी राख्ने उनको रुचीत यथाबत छदैछ ।
हला उनी ढोरपाटन भलीबल प्रशिक्षण केन्द्रमा सांसकृतीक संयोजकको रुपमा रहेकी छिन् । सुरुवाती दिनमा भलीबल हेर्न जादा खेरी गाउन थालेकी उनी पछिल्लो समय कार्य समितीमा चयन भए पछि क्लबको सांस्कृतीक कार्यक्रममा सक्रिय हुन थालेकी छन् । र भन्छिन ‘ खेलकुद र संगीत दुवै समाजका महत्वपूर्ण पाटा हुन् । ढोरपाटनमा प्रबेश पछि यो दुवै क्षेत्रमा उत्तिकै सक्रिय रहेको छु । ’

प्रतिक्रिया