Bisal Chautari Logo

आलोकको अन्तिम श्रद्धाञ्जलीमा कलाकारहरु धुरुधुरु रोए || किरात मुन्धुम अनुसार अन्येष्टि (फोटो फिचर)

- २१ कार्तिक २०७१, शुक्रबार १५:५८ मा प्रकाशित


the final tribute Alok Nembang
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २१ शुक्रबार । बिहीबार बेलुकी मृत फेला परेका नेपाली म्युजिक भिडियो तथा चलचित्र निर्देशक आलोक नेम्वाङको अन्तिम श्रद्धाञ्जलीमा नेपाली चलचित्र क्षेत्रका प्राय कलाकारहरु धुरुधुरु रोए ।the final tribute Alok Nembang
धापासीस्थित आफ्नै निवासमा ४१ बर्षको उमेरमा नेम्वाङ बिहीबार राति ८ बजे मृत भेटिएका थिए । पोष्टमार्टमलगत्तै अन्तिम श्रद्धाञ्जलीको लागि प्रज्ञा–प्रतिष्ठान राखिएको थियो । अन्तिम श्रद्धाञ्जली दिनका सञ्चारमन्त्री मिनेन्द्र रिजाल, सभामुख सुवासचन्द्र नेम्वाङलगायतसहित कलाकारहरुको बाक्लो उपस्थित थियो । आलोकलाई अन्तिम श्रद्धाञ्जली दिन चलचित्रकर्मीहरु करिश्मा मानन्धर, झरना थापा, नन्दिता केसी, केकी अभिकारी, रिमा विश्वकर्मा, सुष्मा कार्की, आनन्द कार्की, दीपाश्री निरौला, सुनिल कुमार थापा, संचिता लुइटेल, बाबु बोगटी, दीपकराज गिरी, प्रियंका कार्की, नम्रता श्रेष्ठ, मलिना जोशी, जीवन लुइटेल, आर्यन सिग्देल, पुजा शर्मा पुगेका थिए ।
त्यस्तै चलचित्र निर्देशक, निर्माता, प्राविधिक, गायक, गायिका, संगीतकार, पत्रकारकोपनि अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए । बिहान १० बजेपछि उनको शरीरको पोष्टमार्टप गरिएको थियो । दिउसो ३:३० सम्म प्रज्ञामा उनको शव राखेर पशुपति आर्यघाट लगिएको थियो ।

[gss ids=”6256,6253,6255,6254,6252,6251″]

उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । किरात मुन्धुम अनुसार निर्देशक आलोकको अत्येष्टि गरिएको हो । उनलाई काका देवकुमार नेम्वाङले दागवत्ती दिएका हुन् ।
सानो संसार र कोही मेरो जस्ता चलचित्र निर्देशन गरेको नेम्वाङले चार सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेका छन् । उनको पछिल्लो चलचित्र अझैपनि रिलिजको क्रममा रहेको छ ।

प्रतिक्रिया