Bisal Chautari Logo

हमजाएगाले चलचित्र प्रिमियरबाट उठेको १ लाख सामाजिक संस्थालाई प्रदान गर्‍यो

- २१ कार्तिक २०७१, शुक्रबार ०४:०४ मा प्रकाशित


Humjayega Nepali Movie
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २१ शुक्रबार । सिनेमा हमजाएगाले सहयोगी हात बढाएको छ । अमेरिका प्रिमियरबाट संकलित १ लाख रुपैयाा उसले पोखरास्थित सामाजिक संस्था किदास अर्गनाइजेसनलाई प्रदान गर्‍यो । Humjayega Nepali Movie
Surendra Punसडक तथा यौन शोषण पीडित बालबालिकाको शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा कार्य गर्ने उक्त संस्थाका गौरव रानाले चेक बुझे । निर्माता सूर्य ब्लोन, निर्देशक सुरेन्द्र गुरुङ र प्रबन्ध निर्देशक भोजबहादुर गुरुङले चेक हस्तान्तरण गरे ।
विहिबार बागबजार स्थित सिटिम्याक्स हलमा आयोजित प्रेसमिटमा रकम प्रदान गरिएको हो । प्रेम गुरुङ, रोशनी गुरुङ, गमप्रसाद गुरुङ र विजय नकर्मीको पहलमा अमेरिकामा हमजाएगा प्रिमियर गरिएको थियो । मंसिर ५ गते नेपाल रिलिज हुने सिनेमाले कुनै समय दार्जिलिङमा हमजाएगा नामले प्रसिद्ध सवारी चालकको कथा पेश गर्छ । विल्सनविक्रम राई, बाबु बोगटी, मनोज आरसी कलाकार हुन् । अहिले यस चलचित्रका गीतहरु हिट भइरहेका छन् ।

Humjayega (Nepali Movie)- Official Theatrical Trailer
starting- Wilson Bikram Rai,(Takme),Babu Bogati, Parbati Rai Reecha Dhital,Rabi Giri, Shyam Rai, Prajwal Giri, 
Camera- Babu Shreshtha, Action- Yogendra Shreshtha
Editor- Arjun GC, Dance-Kamal Rai
Director- Surendra Pun
Producers- Tanka Gurung, Surya Blown, 
Om Kumari Pun and Saraswati Lama 
Munal Film (Pvt) Ltd.-2014

प्रतिक्रिया