Bisal Chautari Logo

चचिर्त निर्देशक आलोक नेम्वाङ मृत फेला

- २० कार्तिक २०७१, बिहीबार १६:२७ मा प्रकाशित


Alok Nembang death
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २० बिहिबार । नेपाली चलचित्र तथा म्युजिक भिडियो निर्देशनमा चर्चित रहेका निर्देशक आलोक नेम्वाङ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् । धापासीस्थित घरमा झुण्डिएर मृत अवस्थामा उनी फेला परेको आफन्तले जनाएका छन् । Alok Nembang death
केही समय अगाडी आज विहीबार राति ८ बजे उनी मृत फेला परेका हुन् ।
दर्जनौं म्युजिक भिडियोको निर्देशन गरेका नेम्वाङको ड्रिम प्रोजेक्ट अझैपनि चलचित्र फागुन १५ गते रिलिज हुने तयारीमा थियो । अहिले सम्म अविवाहित उनले सानो संसार, कोही मेरोजस्ता चचिर्त फिल्मको निर्देशन गरेका थिए । उनको आत्महत्याको कारण खुल्न सकेको छैन । यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जनाए।

प्रतिक्रिया